s

भारतको हरिद्वारमा अलपत्र परेका नेपालीलाई सहयोग जुट्दै

बेलिना थापा

लमजुङ, वैशाख २५ गते । भारतको उत्तरखण्ड हरिद्धारमा अलपत्र परेका लमजुङका युवालाई लमजुङका स्थानीय तहले सहयोग गर्ने भएको छ ।

उत्तरखण्डस्थित हरिद्धार जिल्लाको सिवालीकनगर पवनपुत्र कोलानीमा अलपत्र परेका नगरपालिकाभित्रका युवालाई आर्थिक सहयोग गर्ने भएको हो । बैशाख २० गते गोरखापत्र अनलाइनमा ‘लमजुङका १९ युवा भारतको हरिद्धारमा अलपत्र, उद्दारका लागि सरकासंग अपिल’ शीर्षकको समाचार प्रकाशित भएपछि उनीहरुका लागि स्थानीय तहले सहयोग थालेको हो ।

बेंसीसहर नगरपालिका, मस्र्याङदी गाउँपालिका, क्व्होलासोंथर गाउँपालिका र दोर्दी गाउँपालिका युवा अलपत्र परेको समाचार प्रकाशन भएपछि सम्बन्धीत स्थानीय तहले पहल थालेका छन् । अलपत्र हुनेमा मस्र्याङदी गाउँपालिकाका मात्रै ११ जना छन् । बेंसीसहर नगरपालिका वडा नं. ९ का ६ जना, मस्र्याङदी गाउँपालिका १ का ६ जना, २ का २ जना र ९ का ३ जना छन् । क्व्होलासोंथर गाउँपालिका ३ को १ जना, दोर्दी गाउँपालिका ८ का १ जना छन् ।

बेंसीसहर नगरपालिकाले आफ्ना नगरपालिकाका युवाको लागि सहयोग रकम पठाउने निर्णय गरेको छ । नगरपालिका प्रमुख गुमानसिंह अर्यालका बुधबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाका ९ का ६ जना युवालाई ८÷८ हजार रुपैयाँका दरले रकम पठाउने निर्णय गरेको छ । बैंकमार्फत युवासमक्ष पु¥याइने अर्यालले बताउनुभयो । ‘भारतमा युवा अलपत्र छन् भनेर समाचार देख्यौं । हाम्रो नगरपालिकाको पनि ६ जना रहेछन’ उहाँले भन्नुभयो, ‘खानकै लागि समस्या भएको भन्ने भएपछि हामीले सहयोग गर्न लागेका छौं ।’ ती युवालाई तत्काल उद्दार गरेर ल्याउन असम्भव भएकाले सहयोग रकम पठाउन लागेको उहाँले बताउनुभयो ।

अलपत्र अवस्थामा रहेका युवामा मस्र्याङदी गाउँपालिकाका मात्रै ११ जना छन् । मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले अलपत्र परेका युवाको उद्दारका लागि जिल्ला प्रशासन कार्यालय र परपराष्ट्र मन्त्रालयमा जानकारी गराएको बताउनुभयो । तत्काल समस्या समाधानका लागि गाउँपालिकाको तर्फबाट सहयोग पठाइने उहाँले बताउनुभयो ।

उनीहरु ३ महिनाअघि ग्लाज ट्रेडिङ इन्डिया प्रालिमार्फत काममा खटिएका थिए । सुरुमा स्टोरकिपरको काम भन्दै लगेपनि पछि मल्ट्रीपल बिजनेस काम गर्दै आएका उनीहरु लकडाउनका कारण स्वदेश फर्कन नपाएका हुन् । उनीहरु काममा प्रवेश गरेको १ महिनामा लकडाउन भएको र तलब समेत नपाएको उनीहरुले बताएका छन् ।

काम गर्ने कम्पनीमा कुनै सम्पर्क हुन नसकेको उनीहरुले बताएका छन् । कम्पनीबाट तलब नपाउँदा निकै अप्ठ्यारोमा परेको बेंसीसहर नगरपालिका ९ का सन्दिप गुरुङले बताउनुभयो । रोजगारीका लागि भारत गएको र काम गरेको १ महिनापछि लकडाउन हुँदा झनै समस्या परेको उहाँले बताउनुभयो ।

Published on: 7 May 2020 | Gorkhapatra

Link

Back to list

;