s

भारतको उत्तराञ्चलमा पहिरो, ४ नेपालीको पुरिएर मृत्यु

प्रकाश अधिकारी

पहिरोमा पुरिएर भारतमा ४ नेपाली मजदुरको मृत्यु भएको छ । उत्तराञ्चल प्रदेशको रुद्रप्रयागको गल्दामस्थित रासन गोदाममा कार्यरत तोलीजैसी र तिलेपाटा गाविसका ४ जनाको मृत्यु भएको हो ।

त्यहाँ कार्यरत दुर्गा भण्डारीले दिएको जानकारी अनुसार दैलेख तिलेपाटा गाविस ४ का मनबहादुर शाही, जयरुप शाही, तोलीजैसी गाविस ६ का शमशेर शाही र बमबहादुर शाही रहेका छन् । शम्शेर र बमबहादुर सहोदर दाजुभाइ हुन् । अर्का एकजनालाई घाइते अवस्थामै उद्धार गरिएको छ । उनी तिलेपाटा ४ का जनकबहादुर शाही हुन् ।

बिहीबार राति १२ बजेतिर सुतिरहेको अवस्थामा पहिरो खसेपछि गोदाम घर भत्किएको थियो । मृतक चारैजना ४० वर्षभन्दा मुनिका रहेको भण्डारीले टेलिफोनमार्फत बताए । मृत्यु को खबरले दैलेखस्थित परिवारमा रुवाबासी चलेको आफन्त हर्कबहादुर शाहीले बताए ।

 Published on: 15 September 2012 | Kantipur Daily

Back to list

;