s

भारतको मणिपुरबाट २१ नेपाली महिलाको उद्धार

महिला बालबालिका मन्त्रालय, भारतस्थित नेपाली दूतावास, माइती नेपाल र नेपाल प्रहरीको एन्टी ह्युमन ट्राफिक ब्युरोको साझेदारीमा भारत र म्यान्मारसँग सीमा जोडिएको मणिपुर राज्यबाट उद्धार गरिएका २१ नेपाली महिलालाई नेपाल ल्याइएको छ । मणिपुरमा उद्धार गरेको नौ महिनापछि उनीहरूलाई स्वदेश ल्याइएको हो । ती महिलालाई मानव बेचबिखनसम्बन्धी दलालहरूले गैरकानुनी रूपमा भारतको विभिन्न राज्य हुँदै मणिपुर पराएको र उनीहरूलाई म्यान्मार हुँदै खाडी मुलुकमा घरेलु श्रमिकको रूपमा प्रयोग गर्ने योजना खुल्न आएको प्रहरीको भनाइ छ ।

उद्धार गरिएका महिलालाई ३० असारमा काँकडभिट्टा नाका हुँदै स्वदेश ल्याइएको थियो । उनीहरू हाल माइती नेपालको क्वारेन्टाइनसहितको पुनर्स्थापना केन्द्रमा आश्रित छन् ।

Published on: 17 July 2020 | Naya Patrika

Link

Back to list

;