s

भारतबाट एक हप्ता पैदल हिँडेर जन्मथलो पुगे १२ जुम्ली

मानदत्त रावल

 

भारतमा अलपत्र परेका जुम्ली एक हप्तासम्म पैदल नै हिँडेर भारतबाट आफ्नो घर आइपुगेका छन् । हिमा गाउँपालिका– २ ओदी गाउँका स्थानीय हप्तादिनको पैदलयात्रापछि गृहजिल्ला पुगेका हुन् ।

रोजगारीका लागि १२ जनाको समूह तीन महिनाअघि मजदुरी गर्न भारतको पिथौरागढ गएकाे थियाे । एक हप्तासम्मको पैदलयात्रापछि उनीहरू जुम्ला आइपुगेको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए ।

१२ जना युवा भारतको पिथौरागढ हुँदै दार्चुलाको झुलाघाट नाका भएर घर पुगेको गाउँपालिकाका अध्यक्ष शाहीले जानकारी दिए ।

उनका अनुसार मजदुरीका लागि भारत गएका उनीहरू सीमापारि २१ दिनसम्म क्वारेन्टाइनमा बसेर आएका हुन् । उनीहरूलाई अहिले गाउँपालिकाको ओदी गाउँमा रहेको विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

वडाध्यक्ष नैनसिंह रोकायाका अनुसार भारतबाट आएको थाहा पाउनासाथ परिवारसँग घुलमिल नहुँदै उनीहरूलाई क्वारेन्टाइनमा राखिएको हाे । पुनः क्वारेन्टाइन बसेको २१ दिन पुगेपछि कोरोना परीक्षण गरेर मात्रै घर पठाउने तयारी गरेको उनले बताए । लकडाउन अवधिमा जुम्लामा १० हजार सात सय ६५ भित्रिएका छन् ।

Published on: 9 May 2020 | Nayapatrika

Link

Back to list

;