s

भारतबाट फर्किएका पाँच सयभन्दा बढी क्वारेन्टाइनमा

भारतमा रोजगारीका लागि गएका कर्णालीका पाँच २५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । सरकारले भारत तथा अन्य देशबाट फर्किएकालाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएपछि भारतबाट फर्किएकालाई क्वारेन्टाइनमा राखिएको हो । 

कर्णाली प्रदेशका प्रहरी कार्यालयका अनुसार सुर्खेतमा एक सय ९२, दैलेखमा जना, जाजरकोटमा आठ, रुकुम (पश्चिम)मा ३०, सल्यानमा २१, डोल्पामा एक सय ३०, जुम्लामा ७८, मुगुमा नौ र कालिकोटमा ५५ जनालाई क्यारेन्टाइनमा राखिएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी लोकनाथ तिम्सिनाले बताए ।

हुम्लामा एकजनालाई पनि क्यारेन्टाइनमा राखिएको छैन । उच्च ज्वरो आएका कारणले जुम्लामा एकजनालाई आइसोलेसनमा राखिएको छ । 

सबैभन्दा बढी भारतबाट आएकालाई क्वारेन्टाइनमा राखिएको जनस्वास्थ्य सेवा निर्देशनालयकी निर्देशक रीता जोशी भण्डारीले बताइन् । ‘कर्णालीको प्रमुख रोजगारीको गन्तव्य भारत भएको र त्यहाँबाट फर्केका धेरै क्वारेन्टाइनमा राखिएको छ,’ उनले भनिन्, ‘क्वारेन्टाइनमा राखिएका केही घर फर्किसकेका छन् ।’

Published on: 2 April 2020 | Nayapatrika

Link

Back to list

;