s

भारतबाट फर्केकाहरुले भरिए स्थानीय तहका क्वारेन्टिन

उपेन्द्र यादव 

भारतको विभिन्न सहरहरुबाट मजदुरी र अध्ययन गर्ने गरेकाहरुले अहिले ४/५ दिनदेखि आफ्नो घर फर्किने क्रम बढेसँगै यसले कोरोना भाइरसको जोखिम पनि बढाएको छ। कोरोना भाइरसबाट संक्रमित भएर कुनै ब्यक्ति घर पुगेमा यसले परिवार र समाजका अन्य व्यक्तिहरुमा सजिलै कोरोना भाइरस फैलाउन सकिने भएकोले अहिले भारतबाट फर्केकाहरुबाट कोरोना भाइरस फैलिने जोखिम बढाएको हो। 

भारतबाट फर्केकाहरुले सजिलैसँग घरसम्म पुग्ने गरेपछि उनीहरुलाई खोजेर सम्बन्धित स्थानीय तहले सन्चालन गरेको क्वारेन्टिनमा राख्ने समेत गरिएको बारा प्रहरीले जनाएको छ।

बाराका प्रहरी उपरीक्षक कृष्ण पगेनीले भारतबाट आफ्नो घर फर्केकाहरुबाट कोरोना भाइरस फैलिन भएकोले उनीहरुलाई खोजेर क्वारेन्टिनमा राख्न लगाइएको बताएका छन्। बिगत चार दिनको अन्तरालमै भारतबाट आएक चार सय २० जनालाई पहिचाल गरि क्वारेन्टिनमा राख्न लगाइएको उनले बताए। अहिले दैनिक सय जनाको संख्यामा जिल्लाको बिभिन्न स्थानीय तहमा भारतबाट व्यक्तिहरुले आउने क्रमम बढेको पगेनीले बताए।

बिगत केही दिनको अन्तरालमा भारतको बिभिन्न सहरबाट आएका एक सय दुई जना भन्दा बढीलाई खोजेर क्वारेन्टिनमा राखिएको सिम्रौनगढ नगरपालिका प्रमुख बिजयशंकर यादवले बताएका छन्।

सिम्रौनगढ बजार क्षेत्रका रहेको कन्काली माध्यमीक बिद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा उनीहरुलाई राखिएको छ। क्वारेन्टिनमा राखिएकाहरुलाई १४ दिनसम्म टिकाई राख्नको लागि दिनमा दुई पटक खाना र दुई पटक नास्ता खुवाउने गरिएको प्रमुख यादवले दावी गरे ।

सेवा सुबिधाको कमीले गर्दा क्वरेन्टिनमा भारतबाट फर्केकहरुले बस्न नमानेमा पछि नगरवासीलाई कोरोना भाइरस बचाउन नसकिने डर समेत रहेकोले नगरपालिकाले अहिले भारतबाट फर्केकाहरुलाई बिशेष सेवा सुबिधा दिएर क्वारेन्टिनमा राख्ने काममा केन्द्रित रहेको उनले बताए।

त्यसैगरि महागढीमाई नगरपालिकामा भारतबाट फर्कनेको सख्या बढ्दै गएपछि ११ वटै वडामा क्वारेन्टिन सन्चाल गर्न लागिएको बताइएको छ।

बिगत चार दिनको अन्तरालमा भारतबाट फर्केका ५२ जनालाई क्वारेन्टिनमा ल्याएर राखिएको र क्वारेन्टिनमै खाना, व्यायाम र मनोरञ्जनको व्यवस्था समेत गरिएको महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादवले बताएका छन्।

भारतबाट फर्किने संख्या दिनदिनै बढ्दै गएको र यसले कोरोना भाइरसको जोखिमलाई समेत बढाएको देखेर पाँच सय जना भन्दा बढिलाई राख्न सकिने क्षमताको क्वारेन्टिन सञ्चालन गर्न लागिएको उनले बताए।

भारतबाट फर्किने क्रम बढेसँगै कलैया उपमहानगरपालिका, जितपुरसिमरा उपमहानगरपाकिला, कोल्हवी, पचरौता, निजगढ नगरपालिका लगाएतका स्थानीय तहले सन्चालन गरेको क्वारेन्टिनमा बस्नेको संख्या दिनदिनै बढ्दै गएको छ।

Published on: 20 May 2020 | Nagarik

Link

Back to list

;