s

भारतबाट ४० महिलाको उद्धार

मानव तस्करको फन्दामा परी इराक र दुबई जान लागेका ४० महिलालाई भारतबाट उद्धार गरिएको छ । दिल्लीस्थित महिला आयोग र रेस्क्यु फाउन्डेसनको सहयोगमा उनीहरूलाई भारत र म्यान्मारको सीमाक्षेत्रको मोरेह सहरबाट उद्धार गरिएको हो ।

भारतीय सञ्चारमाध्यमका अनुसार मानव तस्करीको आरोपमा सिन्धुपाल्चोकका ४२ वर्षीय आशाकाली तामाङ पक्राउ परेका छन् । नयाँदिल्लीमा ३ महिला पक्राउ परेपछि उनीहरूले दिएको सूचनाका आधारमा ४० महिलालाई उद्धार गरिएको भारतीय प्रहरीले जनाएको छ । उद्धार गरिएका महिलालाई माइती नेपालले फिर्ता ल्याएको छ ।

Published on: 2 February 2019 । Kantipur

Back to list

;