s

भारतबाट दुई बालिकाको उद्धार

महिना दिनदेखि बेपत्ता श्रीअन्तुका दुई बालिकालाई भारतको पश्चिम बंगालस्थित सिलिगुडी सहरबाट उद्धार गरिएको छ । इलाका प्रहरी पशुपतिनगर र माइती नेपालले १३ वर्षीया लक्ष्मी दर्जी र ११ वर्षकी मुना दर्जीको उद्धार गरेको हो । घरायशी समस्याका कारण हिँडेका दिदीबहिनीलाई सिलिगुडीको मोतीगडा प्रहरीले सडकबाट नियन्त्रणमा लिई स्थानीय चाइल्ड ल्यान्ड भन्ने संस्थालाई बुझाएको थियो । बालिका त्यहाँ भएको थाहा पाएपछि उनीहरूलाई ल्याएको माइती नेपाल, पशुपतिनगरका संयोजक होम ढकालले जनाए ।

ती बालिकालाई अहिले पशुपतिनगरस्थित माइती नेपालको आवधिक केन्द्रमा राखिएको छ । 'घरायशी समस्या भएको भन्दै उनीहरू घरमा जान मानिरहेका छैनन्,' ढकालले भने, 'अभिभावकलाई बोलाएर आवश्यक सरसल्लाह गर्ने र उनीहरूलाई पढ्ने वातावरण मिलाउने पहल भइरहेको छ ।' माइती नेपालले सन् २०१२ मा भारतका विभिन्न सहरबाट छ जना बालिकाको उद्धार गरेको जनाएको छ । मानव ओसारपसारका लागि सीमावर्ती नाका जोखिमपूर्ण रहेको भन्दै सरोकारवालाले विभिन्न कार्यक्रम चलाइरहेको अवस्थामा पनि मुलुकका विभिन्न भागबाट चेलिबेटी भारततर्फ लाने क्रम रोकिएको छैन । पशुपति फाटक नाकासहित अन्य चोर बाटो भएर पनि कतिपयलाई सीमापारि पुर्या्इने गरेको छ ।
 
पूर्वी नाकामा थप सतर्कता अपनाउन आवश्यक रहेको स्थानीयवासीको सुझाव छ । यी नाकाबाट महिलालाई छिराएर भारतका विभिन्न सहर तथा तेस्रो मूलुकमासमेत पुर्याझउने गरेको माइती नेपालले जनाएको छ । संस्थाले सीमावर्ती गाउँमा चेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ भने विद्यार्थीलाई पनि यसको रोकथामका लागि आवश्यक प्रशिक्षण दिने गरेको छ ।
 
Published on: 24 February 2013 | Kantipur
 

Back to list

;