s

भारतबाट १३ नेपाली महिलाको उद्धार

भारतबाट १३ नेपाली महिलाको सोमबार उद्धार गरिएको छ। भारतको अहमदाबदा र बैङ्गालोरबाट उनीहरुको उद्धार गरिएको छ। समाजसेवी तथा माइती इन्डियाका संयाेजक बालकृष्ण पाण्डेको नेतृत्वमा अहमदाबादाबाट ५ जना र बैङलोरबाट ८ जना गरी १३ नेपाली महिलाको उद्धार गरी मंगलबार नेपाल ल्याइएको छ।
 
समाजसेवी पाण्डेले महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी दलालले भारतका विभिन्न शहर तथा होटल पु-याएको बताए। उनले भने,‘ उद्धार गरिएका महिलाहरुलाई त्रिभुवन विमानस्थलमा सीआइबीलाई हस्तान्त्ररण गरिने छ।’  उद्धार गरिएका महिलाहरु विपन्न वर्गका छन्।
 
Published: 25 December 2018 | Nagarik

Back to list

;