s

भारतबाट घर फर्कनेको लर्को

प्रेमनारायण आचार्य 

सन्धिखर्क  : भारतबाट जिल्ला फर्किने क्रम बढिरहेको छ । कोरोना भाइरसको महामारिका कारण रोजगारी गुमाउन पुगेका अर्घाखाँचीवासीहरू धमाधम घर फर्किन थालेका हुन् । अर्घाखाँचीमा पछिल्लो दुई हप्तामा भारतबाट आउनेको संख्या ४ हजार १ सय ६९ पुगेको छ ।

रोजगारीको सिलसिलामा भारत गएका नागरिक कोरोनाको उच्च जोखिम भएसँगै विभिन्न माध्यमबाट गृह जिल्ला फर्किन थालेका हुन् । उनीहरु सबैलाई स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइनमा राखिएको छ । 

जिल्ला भित्रिएका ४१ सय ६९ मध्ये सन्धिखर्क नगरपालिकाका ५ सय ६९ जना, भूमिकास्थान नगरपालिकाका १ हजार ८१ जना, शितगंगा नगरपालिकाका ९ सय ३० जना, पाणिनी गाउँपालिकाका ४ सय ८२ जना, मालारानी गाउँपालिकाका ७ सय ६४  जना र छत्रदेव गाउँपालीकामा ३ सय ४९ जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए । 

जिल्लाका ६ स्थानीय सरकारले हालसम्म ४३ सय ८९ क्वारेन्टाइन बेड निर्माण गरेको स्थानीय तहका प्रमुखहरुले जनाएका छन् । 

यस्तै सन्धिखर्कको हटारीनेटामा ४५ बेडको आइसोलेसन बेड निर्माण गरिएको छ ।पाणिनी गाउँपालिकाका ८ पालिको कमला मावि क्वारेन्टाइनमा भारतबाट आएका मध्ये कोरोना संक्रमित २ जना पुरुषलाई उक्त आइसोलेसन बेडमा राखिएको छ । संक्रमितको स्वास्थ्य अवस्था समान्य रहेको अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमले जानकारी दिए ।

Published on: 2 June 2020 | Annapurna Post

Link

Back to list

;