s

भारतमा १ सय ५० नेपाली महिला बन्धक

वैदेशिक रोजगारीका लागि प्रतिबन्धित खाडी मुलुक लैजान लागेका १ सय ५० जना नेपाली महिलालाई भारतमा बन्धक बनाइएको छ । नेपाल सरकारले घरेलु काममा वैदेशिक रोजगारमा जान प्रतिबन्ध लगाएको अवस्थामा उनीहरुलाई दलालले विभिन्न प्रलोभन देखाई भारतको वनारस पुर्याएर बन्धक बनाएका छन् ।
 
बर्दियाको मधुवन नगरपालिकाकी एक महिलाले आफ्ना श्रीमानलाई उद्धार गरिदिन गुहार मागे पछि घटना सार्वजनिक भएको हो । ती महिलाले नेपाली दलाल मार्फत आफूहरु भारतीय दलालको नियन्त्रणमा परेको भन्दै यथाशक्य छिटो उद्धारको आग्रह गरेकी छिन् । वर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बन्धक बनाइएका सबै बर्दियाका रहेको भन्दै उद्धारका लागि माइती नेपाल लगायतका संस्थासँग मिलेर उद्धार प्रयास गरिरहेको बताएका छन् ।
 
वैदेशिक रोजगारीमा जान चाहने अदक्ष नेपाली महिला कामदारलाई नेपाल सरकारले श्रम स्वीकृति दिन प्रतिबन्ध लगाएपछि जीवन गुजाराकै लागि वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाका नेपाली महिलाहरु दलालको यस्तै फन्दामा पर्दै आएका छन् । पछिल्ला दिनमा पश्चिम नेपालबाट महिला ओसारपसार बढेको प्रहरी तथ्यांकले देखाएको छ ।
 
Published on: 16 July 2018 | Madhyanha

Back to list

;