s

भारत लैजादैं गरेका बालकहरुको उद्धार

काम दिने भन्दै अवैधरुपले भारत लैजान थालेका ३ जना किशोरहरु लाई धादिंङ प्रहरीले उद्धार गरेको छ । स्थानीय संस्था प्रयास नेपालसंगको सहकार्यमा प्रहरीले मलेखुको फुर्केबाट उनीहरु सहित लैजाने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतमा मःम सेन्टर रहेको र काम लगाई दिने भन्दै नावालकहरु लैजाने वसेरी-५ का टीकाराम लामा र जुनु लामा तथा वर्दिया डेउडाकला घरभै हाल काठमाण्डौं वस्दै आएकी १८ वषर्ीय कल्पना वलीलाई प्रहरीले पक्राउ हिराशतमा राखेको छ ।

नीलकण्ठ-१, तिनघरे निवासी लिला परियारको छोरा १५ वर्षीय शुरेस परियार, कल्लेरी-६ का गोपाल परियारका छोरा १४ वषर्ीय सुशील परियार र नुवाकोट जिल्ला थानसिंङ्ग-६ निवासी लोके थापाको छोरा ११ वषर्ीय कृष्ण थापा लाई यात्रुवाहक वसको चेक जाँचका क्रममा फेला परेको प्रहरी निरिक्षक वाशुदेव थापाले वताए ।

उद्धार गरिएकालाई संरक्षणका लागी प्रहरीले जिल्ला वाल कल्याण समिती मार्फत संरक्षण गृहमा राखेको छ । उनीहरुलाई छानविन पछि अविभावक जिम्मा लगाईने निमित्त प्रमुख जिल्ला अधिकारी तोरण प्रसाद पराजुलीले वताए ।
भुकम्पपछि  २ महिनाको अवधीमा प्रहरीले धादिङबाट ६६ जनाको उद्धार गरि अविभावक जिम्मा लगाएको छ ।

Published on: 30 June 2015 | Kantipur
 

Back to list

;