s

भारत लगिन लागेका ३ महिलाको उद्धार, एक भारतीय एजेन्ट पक्राउ

सशस्त्र प्रहरीले झापाको दक्षिणी नाकाबाट वैदेशिक रोजगारीका लागि भारतको दिल्लीतर्फ लगिँदै गरेका ३ महिलाको उद्धार गरेको छ । ती महिलाहरूलाई भारत लैजाने एक भारतीय नागरिक समेत सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
 
इलामको फिक्कल नगरपालिका–५ की ३५ वर्षकी कमला राई, सोही ठाउँ निवासी १८ वर्षकी निछा राई र झापा मेचीनगर नगरपालिका ९ साविक बाहुनडाँगी निवासी ३२ वर्षकी सृजना राईलाई उद्दार गरिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट टाघन डुब्बाका सशस्त्र प्रहरी निरीक्षक हरि बरुवालले जानकारी दिए ।
 
उनीहरूलाई भारत लैजाने भारतको विहार राज्यस्थित किशनगन्ज जिल्ला धनतोला ग्राम पञ्चायत निवासी २५ वर्षका मख्तार आलमलाई पक्राउ गरिएको बरुवालले बताए । सशस्त्र प्रहरीले उनीहरूको साथबाट २ थान नागरिकता बरामद गरेको छ ।
 
Published on: 24 February 2018 | Madhyanha

Back to list

;