s

भैरहवामा दैनिक ज्यालादारी गर्ने एक हजार आठ सय, नगरपालिकाद्वारा राहत वितरण सुरु

दीपेश पछाई

सिद्धार्थनगर नगरपालिकाले नगरपालिकाभित्र रहेका विपन्न र दैनिक ज्यालादारी गर्ने परिवारलाई खाद्य सामग्रीलगायत राहत वितरण सुरु गरेको छ । 

नगरपालिकाले लकडाउनलाई मध्यनजर गर्दै भिडभाड नगरी राहतस्वरूप चामल, खानेतेल र नुन वितरण गरेको जनाएको छ । 

अतिविपन्न, दैनिक ज्यालादारी मजदुरी गर्ने परिवारलाई लक्षित गरी राहत वितरण सुरु गरेको नगरप्रमुख हरिप्रसाद अधिकारीले बताए । अहिलेकाे विषम परिस्थितिमा स्थानीय सरकारको दायित्व पूरा गर्न नगरपालिकाकाभित्रका करिब १८ सय परिवारलाई राहत वितरण गर्ने उनले जानकारी दिए । 

नगरपालिकाले विपतलाई व्यवस्थापन गर्नका लागि ११ लाख ५१ हजारको विपत् व्यवस्थापन कोष स्थापना गरेको छ । कोष सञ्चालनका लागि नगरप्रमुख अधिकारी संयोजक रहेको नौ सदस्यीय समिति पनि गठन भएको छ । 

सिद्धार्थनगर नगरपालिकाअन्तर्गत दैनिक ज्यालादारी गरी घरखर्च चलाउने एक हजार आठ सय रहेको पाइएको छ । 

कोरोनाको संक्रमण रोक्न लकडाउन गरिएपछि दैनिक ज्यालादारी गर्नेलाई सहयोग गर्न लगत संकलन गरेपछि यो तथ्यांक देखिएको मेयर अधिकारीले बताए ।

Published on: 1 April 2020 | Nayapatrika

Link

Back to list

;