s

भारतमा सबैभन्दा बढी गुलाम

ग्लोबल स्लेभरी इन्डेक्स

विश्वमा अझै पनि गुलामी प्रथा कायमै रहेको सुन्दा जो-कोहीलाई पनि आश्चर्य लाग्न सक्छ । तर, आश्चर्य नमान्नुस् । हालै सार्वजनिक एउटा प्रतिवेदनले त्यस्तै पुष्टि गरिदिएको छ । विश्वमा गुलामहरूबारे अध्ययन प्रतिवेदन जारी गर्ने संस्था 'ग्लोबल स्लेभरी इन्डेक्स (जीएसआई)' ले हालै सार्वजनिक प्रतिवेदनमा भारतमा सबैभन्दा बढी गुलाम रहेको उल्लेख छ । उक्त प्रतिवेदन तयार पार्न अस्ट्रेलियाली एक मानवअधिकारवादी संस्थाको पनि सहयोग रहेको छ ।

बीबीसी अनलाइनले जीएसआईको प्रतिवेदनलाई उद्धृत गर्दै भारतमा विश्वकै सबैभन्दा बढी गुलाम रहेको जनाएको छ । जीएसआईका अनुसार त्यहाँ एक करोड ४० लाख मानिस गुलामी जस्तो जीवन बिताउन बाध्य छन् । उसले जारी गरेको सूचीमा विश्वभर करिब तीन करोड मानिस गुलामहरूको जस्तो बाँच्न विवश रहेको उल्लेख छ ।

यसो त जनसंख्या प्रतिशतको आधारमा सर्वाधिक गुलामहरूको संख्या अफ्रिकी मुलुक मरितानियामा छ, जहाँ करिब ४ प्रतिशत मानिस आधुनिक गुलामको अवस्थामा छन् । यो जानकारी 'ग्लोबल स्लेभरी इन्डेक्स-२०१३' ले १६२ मुलुकमा अध्ययनपछि सार्वजनिक गरेको हो । जीएसआईका अनुसार १६२ मुलुकमध्ये भारत सबैभन्दा अग्रस्थानमा छ । सबैभन्दा बढी गुलाम भएका दस मुलुकहरूमा भारत पहिलो, चीन दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेका छन् । रिपोर्टका अनुसार गुलामहरू बढी भएका मुलुकहरूमा नाइजेरिया चौथो, इथियोपिया पाँचौं, रूस छैटौं, थाइल्यान्ड सातौं, डेमोक्रेटिक रिपब्लिकन कंगो आठौं, म्यानन्मार नवौं र बंगलादेश १० औं स्थानमा रहेका छन् ।

गुलामीको आधुनिक परिभाषाका आधारमा यो सूची अस्ट्रेलियाली अधिकारवादी संस्था 'बाक प|mी फाउन्डेसन' ले तयार पारेको हो । यसमा करसँग सम्बन्धित बँधुवा मजदुर, बलजफ्ती विवाह र मानव तस्करीसमेत समावेश गरिएका छन् । डब्लुएफएफका प्रमुख कार्यकारी अधिकारी निक ग्रोनोले समाचार संस्था एएफपीलाई भने, 'हाम्रो कुरा धेरै मुलुकका सरकारले नसुन्न पनि चाहेका हुन सक्छन् ।' उक्त संस्थाद्वारा गरिएको विश्वभर दुई करोड ९० लाख गुलाम भएको दाबीभन्दा बढी हुन सक्ने पनि बताइएको छ । इन्टरनेसनल लेबर अर्गनाइजेसनका अनुसार विश्वमा दुई करोड १० लाख मानिस जबर्जस्ती मजदुरी गर्न बाध्य छन् ।

उक्त कार्यकारी संस्थाका अनुसार भारत, चीन, पाकिस्तान र नाइजेरियामा सबैभन्दा बढी गुलामहरू छन् । यदि यी मुलुकहरूमा पाँच अन्य देशका आधुनिक गुलामहरूको संख्या जोड्ने हो भने गुलामहरूको कुल अनुमानको तीन चौथाइ संख्या हुन आउँछ । रिपोर्टमा भारतीय नागकिहरूको संख्या आधारमा यो मुलुक पहिलो स्थानमा पर्नुको कारण त्यहाँ विद्यमान शोषणका कारण हुनसक्छ । मारिटानियामा गुलामहरूको संख्या बढी हुनुको कारण चाहिँ त्यहाँ यो प्रथा पुख्र्यौली रूपमा कायमै रहेको रिपोर्टमा छ ।

पछिल्लो यो सर्वेक्षणलाई अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन र बेलायती पूर्वप्रधानमन्त्री टोनी ब्लेयर्सको समर्थन रहेको बीबीसी अनलाइनले जनाएको छ । समाचार संस्था एपीका अनुसार हिलारीले भनिन्, 'हुन त यो सूची पूरै साँचो नभए पनि यो एउटा राम्रो सुरुआत गर्ने मौका चाहिँ हो ।' उनले थपिन्, 'म विश्वका नेताहरूलाई यो सूची हेर्न अपिल गर्न चाहन्छु, यो एउटा अपराध भएकाले आ-आफ्नो ध्यान यसलाई निमिट्यान्न पार्नतर्फ केन्दि्रत गर्नुपर्छ ।'

दस मुलुकमा गुलामहरूको संख्या

१.    भारत- १ करोड ३९ लाख ५६ हजार दस

२.    चीन- २६ लाख ४९ हजार २ सय ४३

३.    पाकिस्तान- २१ लाख २७ हजार १ सय ३२

४.    नाइजेरिया- ७ लाख एक हजार ३२

५.    इथियोपिया- ६ लाख ५१ हजार १ सय १०

६.    रूस- ५ लाख १६ हजार २ सय १७

७.    थाइल्यान्ड- ४ लाख ७२ हजार ८ सय ११

८.    डीआर कंगो- ४ लाख ६२ हजार ३ सय २७

९.    म्यान्मार- ३ लाख ८४ हजार ३७

Published on: 18 October 2013 | Kantipur

Back to list

;