s

भारतीयद्वारा ४ नेपाली बन्धक

सशस्त्र प्रहरीद्वारा पक्राउ परेका आफ्ना एक साथीको रिहाइ माग गर्दै तस्करीमा संलग्न भारतीय समूहले बुधबार ४ नेपालीलाई ७ घन्टा बन्धक बनाएर छाडेको छ । बन्धक बनाइएकामा जाजरकोट जुँगाथापाचोक ८ घर भई भारत उत्तरप्रदेश मोतीपुर थानाअन्तर्गतको जमुनीमा खेतीकिसानी गर्दै आएका मनवीर शाही, उनकी पत्नी ललिता, छोरा तेजबहादुर र नातेदार खुम्बा शाही छन् । स्थानीय बलेपुर गाउँबाट दिउँसो साढे २ बजे बन्धक बनाएर आफ्ना साथी मिराक दर्जीलाई नेपाल प्रहरीले छाडिदिएपछि राति साढे ९ बजे मात्र उनीहरूलाई तस्कर समूहले मुक्त गरेको थियो ।

यसअघि बुधबार अपराह्न बर्दियाको जमुनी नाकामा सशस्त्र प्रहरीले १८ बोरा अवैध मलसहित दर्जीलाई नियन्त्रणमा लिएको थियो । तस्करीमा संलग्न समूहले सशस्त्रलाई ढुंगामुढा गर्दा ३ जवान घाइते भएका थिए । भागेर बलेपुर गाउँ पुगेका दर्जीका साथीले उनीहरूलाई बन्धक बनाएर आफ्ना साथीको रिहाइ माग गरेका थिए । नेपाल प्रहरीले दर्जीमाथि कारबाहीको अडान लिएपछि दिनभर उनीहरूलाई मुक्त गराउन भएको प्रयास विफल भएको थियो ।

Published on: 25 July 2013 | Kantipur

Back to list

;