s

भारतबाट २ महिलाको उद्धार

रोजगारीको प्रलोभनमा भारतमा बेचिएका २ महिलाको उद्धार गरिएको छ । उनीहरूलाई भारतको पन्जावबाट उद्धार गरी कृष्णनगर ल्याइएको हो । जिल्लाको पत्थरदेइया ८ का २ विवाहित महिला रूपा र सीतानाम परिवर्तन) लाई ललाइफकाई पन्जाव पुर्‍याएको थियो । त्थरदेइया ८ का तुल्सीराम विकले रोजगारी लगाइदिने भन्दै महिलालाई रूपन्देही रुद्रपुरका आरने माइलाको जिम्मा लगाएका थिए ।

कात्तिक २९ गते घरबाट निस्किएका उनीलाई १ रात भालुबाङमा राखेर नेपालगन्ज हुँदै पन्जाव पुर्‍याएको सीताले बताइन् । २८ वर्षे रूपाका ४ र २६ वर्षे सीताका २ छोराछोरी छन् । दुवैका श्रीमान् रोजगारीका लागि कतार र मलेसियामा छन् । गाउँमा २ महिला हराएको हल्ला चलेपछि सोधखोज गर्दा उनीहरू पन्जाव पुगिसकेको शान्ति पुनःस्थापना केन्द्रका संयोजक भूमिराज भट्टराईले बताए । पन्जाव पुगेपछि महिलालाई फिरोजपुरस्थित रेस्टुरेन्टमा छाडेर आरने विक भागेका थिए ।

विक भागेको २ दिनपछि रेस्टुरेन्ट धनीले 'तिमीहरूलाई ५० हजारमा किनेको हो, जे भन्छु त्यही गर्नुपर्छ' भनेपछि आफूहरू बेचिएको थाहा पाएको बताए । रेस्टुरेन्ट धनीले १ दिन काम गर्ने महिलालाई बजारको मन्दिर घुमाउन लैजाँदा सन्चो नभएको बहाना बनाई भाग्न सफल भएको रूपाले बताइन् । भागेर शान्ति पुनःस्थापना केन्द्र पन्जावका सहयोगीका घरमा सुरक्षित भई बसेका थिए । सहयोगीले शुक्रबार बस चढाएपछि शनिबार बिहान उनीहरू कृष्णनगर आइपुगेका हुन् । पीडित महिलाले आफूहरू समस्यामा परेको भनेर विदेशमा रहेका श्रीमान्लाई समेत फोन गरी जानकारी दिएका छन् ।

कृष्णनगर आएपछि उनीहरू आफूलाई भारत लगेर बिक्री गर्ने दुई नामसहित इप्रका कृष्णनगरमा किटानी जाहेरी दिएका छन् । जाहेरीपछि पत्थरदेइयाका तुल्सीराम पक्राउ परेका छन् । अर्का एकको खोजी भइरहेको छ । पीडित महिला अहिले पनि केन्द्रको पुनःस्थापना गृहमा छन् ।

Published on: 23 December 2013 | Kantipur

Back to list

;