s

बेरोजगारलाई नयाँ काममा लगाउने तयारी

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, वैशाख ११ गते । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बन्दाबन्दीका कारण बेरोजगार बनेको श्रमशक्तिलाई नयाँ शैलीबाट काममा लगाउने सरकारले तयारी गरिरहेको बताउनुभएको छ । बेरोजगार श्रमशक्तिलाई उत्पादनमूलक कार्यमा अग्रसर बनाउन सरकारले योजना बनाइरहेको मन्त्री भट्टराईले बताउनुभएको हो ।

बुधबार गृहजिल्ला ताप्लेजुङका सञ्चारकर्मीसँग भिडियो कन्फ्रेन्समार्फत संवाद गर्दै पर्यटनमन्त्री भट्टराईले रोजगारी गुमाएका र घर जान नसकेका श्रमशक्तिलाई अब नयाँ तरिकाबाट उपयोग गर्न र पुनः रोजगारीको अवस्था सिर्जना गर्ने उपायको सरकारले खोजी गरिरहेको बताउनुभयो । कोभिड–१९ को महामारी फैलिएसँगै सुरु भएको बन्दाबन्दीका कारण बेरोजगार बनेको श्रमशक्तिलाई हिमाल सफाइ, पुराताŒिवक महŒवका क्षेत्रको सरसफाइ, सामान्य जीर्णोद्धार एवं कृषि उत्पादन र फार्मिङ केन्द्रहरूमा रोजगार दिन सकिनेगरी गृहकार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

मन्त्री भट्टराईले भौतिक दूरी, सरसफाइ र व्यक्तिगत सुरक्षाका उपाय अवलम्बन गरेर खेती किसान अर्थात् कृषि कार्यमा निस्कन आमकिसानलाई आह्वानसमेत गर्नुभयो ।

Published on: 23 April 2020 | Gorkhapatra

Link

Back to list

;