s

बेरोजगार युवालाई निब्र्याजी ऋण

सिन्धुली समाचारदाता

सिन्धुलीमाढी, पुस १८ गते । सिन्धुलीको कमलामाई नगरपालिकाले युवा व्यवसायीलाई बिनाधितो निब्र्याजी ऋण लगानी गर्न सुरु गरेको छ ।

पैसा नभएका कारण व्यवसाय गर्न सकिनँ भन्नेका लागि युवा स्वरोजगार कार्यक्रमअन्तर्गत निब्र्याजी बिनाधितो ऋण लगानी सुरु गरिएको कमलामाई नगरपालिकाले जनाएको छ । युवा स्वरोजगार कार्यक्रम सञ्चालक समितिका सद स्य सचिव एवं कमलामाई नगरपालिकाका उद्योग–व्यवसाय तथा प्रवद्र्धन शाखा प्रमुख सुलोचना लुइँटेलका अनुसार पहिलो चरणमा बिहीबार छ जना व्यवसायीलाई एक लाख ५० हजार रुपियाँदेखि दुई लाख रुपियाँसम्म ऋण उपलब्ध गराइएको छ ।

नगरपालिकाका १४ वटै वडाबाट नगरपालिकामा ५३७ जना व्यवसायीको आवेदन परेकामा सातवटा वडाका २१ जना व्यवसायी ऋण लगानीका लागि छनोट भएका र तीमध्ये छ जनालाई नगरप्रमुख खड्गबहादुर खत्रीले चेक ह स्तान्तरण गर्नुभएको उहाँले जानकारी दिनुभयो । आवेदन दिएकामध्ये नगर युवा स्वरोजगार ऋण लगानी समितिले स्थलगत अनुगमन गरी ऋण लगानी गर्न २१ जना व्यवसायी छनोट गरेको उहाँको भनाइ छ ।

नगरपालिकाका युवालाई रोजगारसँग जोड्ने लक्ष्यका साथ बिनाधितो निब्र्याजी ऋण लगानी गर्न सुरु गरिएको नगरप्रमुख खत्रीले बताउनुभयो । उहाँका अनुसार युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्न लागि चाल । आर्थिक वर्ष २०७७/७८ का लागि एक करोड रुपियाँ विनियोजन गरिएको छ । उक्त रकमबाट व्यवसाय हेरेर एक लाख रुपियाँदेखि बढीमा पाँच लाख रुपियाँसम्म लगानी गर्ने लक्ष्य रहेको छ ।

उनीहरूले गरेको व्यवसायको एक महिनापछि स्थलगत अनुगमन गरी प्रगतिका आधारमा बाँकी ५० प्रतिशत ऋण उपलब्ध गराइनेछ । ऋण लिएका व्यवसायीले सुरुको पाँच महिनासम्म कि स्ता तिर्नु पर्दैन । त्यसपछि लिएको ऋणलाई १९ कि स्तामा दुई वर्षभित्र नगरपालिकालाई फर्काउनु पर्नेछ ।

समयमा कि स्ता नबुझाउनेका लागि १० प्रतिशत जरिवाना लिनेगरी सम्झौता गरेको उहाँले बताउनुभयो । आगामी वर्ष थप एक करोड रुपियाँ विनियोजन गरेर सो रकमलाई घुम्ती कोषका रूपमा निरन्तर लगानी गर्ने योजना बनाइएको नगरपालिकाले जनाएको छ ।

कमलामाई नगरपालिका–७, डाँडाटोलका ज्ञानकुमारी कार्कीले तरकारी खेतीका लागि युवा स्वरोजगार कार्यक्रमअन्तर्गत बिनाधितो निब्र्याजी ऋण पाउँदा उत्साह बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “दुई लाख रुपियाँ ऋण स्वीकृत भएको छ । यसले मलाई तरकारी खेतीका लागि बीउबिजन किन्न धेरै सुविधा भएको छ । ”

Published on: 2 January 2021 | Gorkhapatra

Link

Back to list

;