s

बेल्जियममा एक नेपाली मृत अवस्थामा फेला

बेल्जियममा एक नेपाली मृत फेला परेका छन् ।
 
बाग्लुङ नरेठाटी ३ का ४९ वर्षीय भुमप्रसाद गैरे बेल्जियमको गेन्टस्थित आफ्नै कोठामा सोमवार साँझ मृत अवस्थामा भेटिएका हुन । शव पोस्टमार्टमका क्रममा रहेकोले मृत्युको कारणबारे थाहा हुन नसकेको नेपाली दूतावास बेल्जियमका कार्यवाहक राजदूत घनश्याम भण्डारीले जानकारी गराए । गैरे मुटु रोगी रहेको बताइएको छ ।
 
विगत पाँच वर्षदेखि बेल्जियममा बसोवास गर्दै आइरहेका गैरेका एक छोरा र एक छोरी छन् ।
 
Published on: 16 June 2016 | Kantipur

Back to list

;