s

बेलायतमा सेफ पेशामा आवद्ध नेपालीलाई ऐकताबद्ध हुन आह्वान

२७ साउन, काठमाडौं । बेलायतमा रहेर सेफ पेशामा रहेका नेपालीहरुलाई एकताबद्ध हुन सेफ एसोसिएसन बेलायतले आग्रह गरेको छ ।

बेलायतका प्रमुख राज्यहरु इंगल्याण्ड, वेल्स, स्कटल्याण्ड र नर्थन आइरल्याण्डमा रहेको नेपाली सेफहरुलाई एसोसिएसनमा आबद्ध हुन नवनिर्वाचत अध्यक्ष कोलेश्वर ढकाल र उपाध्यक्ष ठाकुरप्रसाद ढुंगानाले अपिल गरेका हुन् ।

बेलायतमा रहेका होटल, रेष्टुराँ, टेक अवे र क्याटरिङमा झण्डै १० हजार नेपालीहरु सेफ पेशामा रहेको एसोसिएसनको अनुमान छ ।

प्रवासमा रहेका नेपालीहरुबीच एकता कायम गर्न र सेफ पेशालाई निकट भविष्यमा प्रतिस्पर्धामार्फत क्षमता अभिवृद्धि गर्न पनि एकताबद्ध हुनु जरुरी भएको उपाध्यक्ष ढुंगानाले बताए ।

बेलायतका सहरमा वैधानिक रुपमा काम गर्ने नेपाली सेफहरुले अनलाइन रजिष्ट्रेसन मार्फत एसोसिएसनमा जोडिन सक्नेछन् ।

Published on: 26 August 2022 | Onlinekhabar

Link

Back to list

;