s

बेलायतको भिसा छाडेर तरकारी खेतीमा

शिव शर्मा

बेलायतका भूतपूर्व गोर्खा सैनिकलाई आवासीय भिसा दिने नीति लागू भएपछि केहीसमय अघि त्यहाँ जान चाहने परिवारको ताँती नै थियो । तर यसैबीचमा पोखरामाटेपानीकी ४६ वर्षिय मीनु गुरुङ भने स्वेदशमै तरकारी खेतीतर्फ लागिन् ।पूर्व गोर्खा सैनिककी श्रीमती गुरुङको खेती बजारबाट ९ किलोमिटर टाढा छ ।उनले यहाँ २५ रोपनी जग्गा भाडामा लिएर खेती सुरु गरेकी हुन् ।

१५ वर्षभन्दा बढी जापान, हङकङ, बु्रनाई, बेलायत  लगायत देशमा बिताएकी उनीविदेशको दुःख सम्झेर अहिले आपmनै ठाउँमा गर्नुपर्छ भनेर खेतीमा लागेकोबताउँछिन् ।

हुनेखानेले  खेतीपाती गर्दा हेयको दृष्टिकोणले हेर्ने चलनलाई निरुत्साहितगर्न उनले यो पेसा अँगालेको बताइन् ।  'विदेश गएर आएपछि धेरैले काम गर्नचाहँदैनन् बसीबसी खान खोज्छन्,' उनले भनिन्, 'यहाँ आएर पनि काम गर्नुपर्छभन्ने सन्देश दिन पनि यो काम थालेकी हुँ ।' उनले  जोसँग  जे सीप छ त्यहीगर्ने हो भने देश  अरूमा परनिर्भर हुनु नपर्ने बताइन् ।

यतिका सम्पत्ति भएर दुःखी पेसामा लागेको भनेर उनलाई घर परिवारबाट खासैसहयोग नमिलेको बताइन् । बेलायती सेनाका रिटायर्ड श्रीमान् अहिले बेलायतमैबसोवास गर्छन् । बेलायतमा आवासीय भिसा लागेर  पनि उनी बेलायत गइनन् ।  छवर्ष जापान बसेर दुइ वर्षअघि स्वदेश फर्केकी उनले जापानमा सिकेको सीपस्वदेशमा उपयोग गरिन् । उनले आपmना जापानी साथीहरूको कृषि फारममा खेतीकोआधुनिक प्रविधि सिकेर आइन् ।  त्यहीँको सीप यहाँ आएर उपभोग गर्न पाएकामाउनी अहिले सन्तुष्ट छिन् ।  जापानबाट उनले धनभन्दा पनि कृषिका लागि चाहिनेमेसिनरी सामान बोकेर आएको बताइन् । 

गोलभेंडा, खुर्सानी, काउली, च्याउ, करेला लगायतको तरकारी खेती गरेर उनलेवर्षमा सबै खर्च कटाएर ७ लाख रुपैयाँ आम्दानी गर्दै आएकी छन् । यसैकोआम्दानीबाट उनले  दुई छोरा पढाएर घरखर्चको जोहो गरेकी छन् । उनी आफैंलेगोलभेंडाका लागि ३३ वटा टनेल निर्माण गरेकी छन् ।  यही गोलभेंडा नै उनको  आम्दानीको मुख्य स्रोत हो । उनलाई तरकारी बिक्रीका लागी बजार धाउनु पदैन ।घरमै तरकारी खरिद गर्नेहरूको हानथाप हुने गरेकाले माग पुराउनै हम्मे परेको छ।

रासायनिक मलले खेतीयोग्य जमिनमा आएको उत्पादनमा ह्रास देखेर उनलेआर्गानिक तवरले खेती गदै आएकी छन् । गड्यौला पालेर त्यसैको मल निकालेर  तरकारी खेतीमा प्रयोग गर्दै आएको बताइन् । 'विदेशीको धेरै सेवा गरियो अबकेही गरौं भनेर कृषि पेसामा लागें,' उनले भनिन्, बाँचुन्जेल अब यही पेसालाईनै निरन्तरता दिने छु ।'

Published on: 31 October 2011 | Kantipur

Back to list

;