s

बेलायत पठाउने भन्दै ६ करोड ठगेको आरोपमा एक व्यक्ति पक्राउ

२० चैत, काठमाडौं। युके (बेलायत) पठाइदिने भन्दै ६ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको कमल गाउँपालिका–७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–७ बस्दै आएका ३७ वर्षीय केदार रहेका चौधरी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मनोहराबाट सोमबार पक्राउ गरेको हो ।

चौधरीविरुद्ध सुमन राई समेतका ३५ जना व्यक्तिले जाहेरी दिएका थिए । ९ देखि २० लाख रुपैयाँसम्म लिएर चौधरीले ठगी गरेको भन्दै वैदेशिक रोजगार विभागमा जाहेरी परेको थियो ।

आईआरआईएस एक्पर्ट कन्सल्टेन्सीमार्फत वैदेशिक रोजगारीमा पठाउने भन्दै ३५ जनाबाट ६ करोड रुपैयाँ उठाएर ठगी गरेको आरोप उनीमाथि छ । रकम लिएका केही व्यक्तिलाई भने अजरबैजानसम्म पुर्‍याएर अलपत्र समेत पारेको आरोप उनीमाथि छ ।

Published on: 3 April 2024 | Onlinekhabar

Link

Back to list

;