s

बेलायत पठाउन नक्कली छोरा बनाएको आरोपमा पूर्व ब्रिटिश सैनिक पक्राउ

६ असार, विराटनगर । नक्कली नागरिकता बनाउन सहयोग गरेको आरोपमा प्रहरीले मोरङको लेटाङबाट एक जना बेलायती पूर्वसैनिकलाई पक्राउ गरेको छ ।

बेलायत पठाउनका लागि बुबा बनेर अन्य व्यक्तिलाई नागरिकता बनाइदिएको आरोपमा प्रहरीले अवकाश प्राप्त बेलायती सैनिक लेटाङ नगरपालिका–६ का ६१ वर्षीय सूर्यहाङ लिम्बूलाई पक्राउ गरेको हो ।

मंगलबार पक्राउ परेका लिम्बूले तीन जनालाई छोरा हो भन्दै नागरिकता बनादिएको प्रहरीको आरोप छ । बेलायतमा बसोबास गर्नका लागि पठाउन भन्दै पैसा लिएर नागरिकता बनाइदिएको प्रहरीको दाबी छ ।

मोरङका प्रहरी प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले हालसम्मको अनुसन्धानमा तीन जनालाई नागरिकता बनाएको देखिएको बताए । उनका अनुसार वृद्धका आफ्नै सन्तान भने दुई जना मात्रै छन् । तीन जना पुरुषलाई बेलायत बसोबासका लागि पठाउनका लागि बुबा बनेर नागरिकता बनाइदिएको देखिएपछि म्याद थप गरी अनुसन्धान भइरहेको दाहालले बताए ।

Published on: 22 June 2023 | Onlinekhabar

Link

Back to list

;