s

बेचिनबाट जोगिए ९५ महिला र बालिका

किशोर बुढाथोकी

विराटनगर : काठमाडौंमा पति र तीन सन्तानसँग बस्दै आएकी सोलुखुम्बुकी २६ वर्षीया महिलाको सरीता खत्री नामकी अर्की महिलासँग इमोमा सम्पर्क भयो। राम्रोसँग चिनजान नहुँदै सरीताले ती महिलालाई तालिम दिलाएर इटहरीस्थित एक कपडा उद्योगमा ३० हजार रुपैयाँ मासिक पारिश्रमिकसहित काम दिलाउने आश्वासन दिइन्।

कामको खोजीमा रहेकी महिलाले सरीताको कुरामा विश्वास गरेर पारिवारिक सल्लाह अनुसार पुुस ८ गते काठमाडौंबाट इटहरी पुगिन्। त्यहाँ सरीताले एक पुरुषसँग सम्पर्क गराइन्। उनी थिए नेपाली सेनाबाट अवकास प्राप्त इटहरी उपमहानगरपालिका–१९ का ३९ वर्षीय जयनेपाल चौधरी। महिलालाई पढ्न र लेख्न नआउने कुुराको फाइदा उठाउँदै चौधरीले तालिम लिने ठाउँमा पुुग्न दुुई घण्टा बढी समय लाग्ने भन्दै इटहरीबाट विराटनगरको बस चढाउँदै नेपाल–भारत सीमा क्षेत्र रानी पुुर्‍याए।

त्यसपछि उनले महिलाको नागरिकता र उनीसँग भएको १० हजार रुपैयाँ आफ्नो साथमा लिएर भारतीय नोट (भारु) साट्न लागे। शंका लागेर महिलाले चौधरीलाई नेपालमा तालिम लिन किन भारु चाहियो ? भनेर प्रश्न गरिन्। भारुबिना काम नहुुने भन्दै चौधरीले महिलालाई अरुले सोध्दा कपडा बनाउने तालिम लिन जानेबाहेक अरु नभन्नुु भनेर सिकाउँदै थिए।

उनीहरूबीचको विवाद देखेपछि विराटनगर भन्सार कार्यालयको १ नम्बर ढाँटमा रहेका प्रहरी र माइती नेपालका सीमा निगरानीकर्ताले महिलासँग सोधपुुछ गर्न थाले। महिलाले जोगवनी नभइकन आफू इटहरीमा कपडा बनाउने तालिम लिन आएको बताएपछि चौधरीलाई प्रहरीले नियन्त्रणमा लियो। ‘तालिम दिने भनिएको कार्यालय नै इटहरीमा नभएको अनुुसन्धानबाट पत्ता लाग्यो,’ इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले भने, ‘पढ्न नजान्ने महिलालाई जोगवनी ल्याइसक्दा पनि चौधरीले इटहरी नै हो भन्दै ढाँटिरहेको पाइयो।’

थापाका अनुुसार दुुवैका कुुरा नमिलेपछि अनुुसन्धान थाल्दा महिलालाई झुुक्याएर भारत लैजान लागेको खुुल्यो। प्रहरीले चौधरीलाई मानव बेचविखन सम्बन्धी मुुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुुसन्धान गरिरहेको छ। अहिले सरीता नाम गरेकी महिला सम्पर्कविहीन बनेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।

महिला बालिकालाई प्रलोभनमा पार्दै झुुक्याएर भारत लैजान लागिएको यो एउटा प्रतिनिधि घटनामात्र हो। प्रदेश १ को सीमा नाका हुुँदै बर्सेनि कैयौं महिला तथा बालबालिका भारततर्फ लैजाने गरेको पाइएको छ। पछिल्लो एक वर्षको अवधिमा मात्रै विराटनगरको जोगवनी नाका हुुँदै भारततर्फ लैजाँदै गरेका ९५ जना महिला तथा बालिका बेचिनबाट जोगिएका छन्।

दलालले प्रलोभनमा पारेर सन् २०१९ मा जोगवनी नाका हुुँदै २१ जना १८ वर्ष मुुनिका बालिका र ७४ जना १८ माथिका महिला गरेर ९५ जनालाई बेच्नका लागि भारततर्फ कटाउने प्रयास गरेको माइती नेपाल मोरङका संयोजक विनोद पोखरेलले बताए। उनले बेचविखनकै लागि लगिँदै गरेको पुुष्टि भएपछि जोगवनी बजार, जोगवनीको रेल स्टेसन र सीमावर्ती क्षेत्रबाट प्रहरीको सहयोगमा नेपाल फर्काउन सकिएको बताए।

जनवरीमा १३, फेब्रुुअरीमा ६, मार्चमा १०, अप्रिलमा ६, मेमा ५, जुुनमा ११, जुुलाईमा १२, अगस्टमा ११, सेप्टेम्बरमा २, अक्टोबरमा ६, नोभेम्बरमा ६ र डिसेम्बरमा ७ महिलालाई भारततर्फ जान रोक लगाउँदै फर्काइएको हो। जसमा सबैभन्दा बढी मोरङका छन्। फर्काइएका मध्ये मोरङका ३२, सुुनसरी र झापाका १०÷१०, उदयपुुर १२, काठमाडौं, भक्तपुुर, इलाम, रुकुुम, ताप्लेजुुङ, कास्की र पाँचथरका एक÷एक, सिरहा, सप्तरी, संखुुवासभा, बाँके, सिन्धुुली र सोलुुखुुम्बुुका दुुई÷दुुई, खोटाङ र धनकुुटाका पाँच÷पाँच जना तथा एक भारतीय महिला छन्।

फर्काइएकालाई माइती नेपालकै संरक्षणमा राख्दै केही दिन आवश्यक ‘काउन्सिलिङ’ गरेर अभिभावक र परिवारका सदस्यको जिम्मा लगाउने गरिएको पोखरेलको भनाइ छ। राम्रो काम र कमाईको प्रलोभन दिएर अपरिचित व्यक्तिले ललाईफकाई गरे पनि महिला तथा बालिका चाँडै प्रभावमा पर्ने हुुँदा बेचबिखनका लागि भारत लैजाने गिरोहलाई सजिलो हुुने गरेको उनको भनाइ छ।

Published on: 5 January 2020 | Annapurna Post

Link

Back to list

;