s

बेचबिखनका लागि नाबालिकालाई भारत लैजान खोज्ने दुई जना पक्राउ

काठमाडौं : बेचबिखनका लागि नाबालिकालाई भारत लैजान खोज्ने दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका-६ घर भई काठमाडौंको तारकेश्वर बस्ने ३९ वर्षीय सम्बर बहादुर तामाङ र तादी गाउँपालिका-२ घर भई काठमाडौंको टोखा बस्ने ३३ वर्षीया इन्दिरा कटुवाल (तामाङ) रहेका छन्।

पोखरामा आफ्नै होटलमा वेट्रेसको काम भएको, सुरुमा महिनाको २० हजार तलब दिने र पछि तलब बढाउँदै लैजाने प्रलोभन देखाएर नाबालिकालाई भारत लैजान लागेका थिए। ललितपुर महानगरपालिका-२७ सुनाकोठीमा प्रतिवादीले पीडित नाबालिकालाई लैजाँदै गरेको अवस्थामा मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले फेला पारी उद्धार गरेको थियो।

पक्राउ परेका दुवै जनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाण्डौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका सूचना अधिकारी ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिए।

Published on: 11 June 2024 | Annapurna Post

Link

Back to list

;