s

बेचबिखन रोक : आयोग

राष्ट्रिय मानवअधिकार आयोगले चेलिबेटी बेचबिखन भयावह समस्याका रूपमा रहेको भन्दै त्यो रोक्न सरकार र नागरिक समाज दुवैलाई आग्रह गरेको छ । अयोगले मानव बेचबिखनबारे तीन वर्षे अध्ययन प्रतिवेदन सोमबार सार्वजनिक गर्दै नेपालमा भूकम्प गएपछि बालबालिका ओसारपसारमा तीव्रता आएको समेत जनाएको छ । 
 
प्रतिवेदन अनुसार हरेक वर्ष नेपालमा ९ हजारदेखि ९ हजार ५ सय हाराहारीमा चेलिबेटी बेचबिखन हुने देखिएको छ । बेचबिखनमा परेका अधिकांशलाई दलालले झुटा आश्वासन दिएर, फकाएर र झुक्याएर सीमा कटाउने गरेका छन । 
 
डान्स बार, मसाज पार्लर र क्याबिन रेस्टुराँ जस्ता मनोरञ्जन उद्योगमा पनि उल्लेख्य संख्यामा महिलामाथि यौन शोषण र दुव्र्यवहार हुने गरेको आयोगले औंल्याएको छ । 
 
‘कोरिया र चीनमा विवाहको बहानामा हुने बेचबिखन अर्को बढदो प्रवृत्तिका रूपमा देखा परेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘सन् २००५ देखि २०१३ सम्म कम्तीमा हजारको संख्यामा विवाह गरी कोरिया पुगेको देखिन्छ । तीमध्ये ३ सय महिलाले खुसीसाथ विवाह गरेको र बाँकीले दासतापूर्वक जीवन बिताउनु परेको अवस्था छ । नेपालमा कम्तीमा ८३ वटा विवाह गराइदिने एजेन्सी सञ्चालनमा रहेको पाइएको छ ।’ यसैगरी गैरकानुनी रूपमा मानव अंग मृगौलाको बेचबिखन अर्को बढदो समस्या देखा परेको पनि अध्ययनले देखाएको छ । अध्ययनअनुसार काभ्रेका ८ वटा गाविसहरू अति प्रभावित छन । सन् २०१४ को अध्ययनअनुसार ३६ जना मृगौला बेचिएका व्यक्तिमध्ये १६ जना दलित समुदायका र २७ जनाले आफ्नो सहमतिमा मृगौला बिक्री गरेको आयोगले जनाएको छ । 
 
Published on: 26 April 2016 | Kantipur

Back to list

;