s

बेचबिखनको आशंकामा २ जना पक्राउ

महिला बिक्री गर्न भारत लैजांदै गरेको आशंकामा शनिवार प्रहरीले डडेलधुरामा दुईलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जोगबुढाले परशुराम नगरपालिका शिर्ष की २६ वर्षीया युवतीलाइ भारततर्फ लैजादै गर्दा सीमा क्षेत्रको परशुरामघाटमा पक्राउ गरेको हो । 'भारतीय नागरिक हरिस गुप्ता र भीमदत्त नगरपालिका जिमुवा वस्ने ३६ वर्षीया बलदेव श्रेष्ठलाइ पक्राउ गरिएको हो', प्रहरी निरीक्षक खड्कसिंह भण्डारीले भने, 'आशंकामा पक्राउ गरिएको हो अनुसन्धान जारी छ ।

नेपाल भारत सीमा गड्डाचौकी पुलमा कार्यरत भारतीय नागरिक हरिस गुप्तासँग बिवाह गराउन लैजान लागेको बताएपछि बेेचबिखनका लागि लैजान लागेको आशंकामा उनीहरुलाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरी निरीक्षक भण्डारीले महिलाका आफन्तलाइ वोलाएर सोधपुछ गरेपछि मात्र आवश्यक गरिने बताए । पक्राउ परेका श्रेष्ठले महिला आफन्त भएकाले विबाहका लागि जैजान लागेको प्रहरीलाइ बताएका छन् ।

Published on: 19 January 2015 | Kantipur

Back to list

;