s

बेलायतमा यसरी बेचिन्छन् नेपाली बच्चा ५३ सय पाउन्डमा

काठमाडौं – भूकम्पपीडित नेपालका बालबालिकालाई बेलायत पुर्याएर घरेलु दासका रुपमा बेच्ने गरिएको खुलासा भएको छ ।
बेलायतबाट प्रकाशित हुने द सन पत्रिकाले गोप्य रुपमा गरेको खोजमुलक अनुसन्धानले यस्तो तथ्य बाहिर ल्याएको हो ।
आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
 
यस्तो तथ्य बाहिर आएपछि बेलायती गृहमन्त्री थेरेसा मेले नेपाली र भारतीय बालबच्चा गैरकाननुनी रुपमा बेचिने गरिएको दाबी बारे छानबिन गर्न त्यहाँको प्रहरीलाई निर्देशन दिएको गार्जियन अनलाइनले जनाएको छ ।
 
द सनका अनुसार नेपाल र भारतका १० वर्षभन्दा कलिला बच्चा भारतको पन्जाब प्रान्तस्थित जालन्धरबाट सञ्चालित गिरोहले प्रतिबच्चा ५३ सय पाउन्ड स्टर्लिङमा बेच्ने गरेका छन् । पत्रिकाका अनुसार बेलायती धनाढ्य घरानाले बच्चाहरुलाई बिनापैसा नोकर बनाउने गरेका छन् 
 
Published on: 5 April 2016 | Annapurna Post
 

Back to list

;