s

बसुन्धरास्थित अल स्किल्स मेनपावर कम्पनीमा विभागको छापा

वैदेशिक रोजगार विभागले तोकिएभन्दा बढी शुल्क लिएको भन्दै बसुन्धरास्थित अल स्किल्स इन्टरनेशनल ह्युमन रिसोर्स प्रालिमा छापा मारेको छ।
 
सेवा शुल्कबापत रु १० हजार मात्र लिन पाउने व्यवस्था भए पनि उक्त मेनपावर कम्पनीले कुवेत जान लागेका ३५ जनासँग प्रतिव्यक्ति रु एक लाख ८० हजारसम्म रकम असुलेको भन्ने उजुरीका आधारमा विभागले सोमबार छापा मारेको हो।
 
विभागले उक्त मेनपावर कम्पनीको सम्पूर्ण कागजात नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको विभागका निर्देशक उद्धवप्रसाद रिजालले जानकारी दिए।
 
उक्त मेनपावर कम्पनीबाट मंगलबार मात्रै ३५ जना नेपाली वैदेशिक रोजगारीका लागि कुवेत जाँदै थिए। विभागले मेनपावर कम्पनीमा छापा मारे पनि उनीहरू तोकिएको शुल्क बुझाएर रोजगारीका लागि कुवेत जाने बताइएको छ।
 
Published on: 31 July 2018 | Setopati

Back to list

;