s

‘बन्धक’ बनाउने पक्राउ

कुवेत पठाउने बहानामा दुई किशोरीलाई १२ दिनसम्म बन्धक बनाइएको भन्दै प्रहरीले इलामका गर्जमान राई र इटहरीकी आशा गुरुङलाई पक्राउ गरेको छ । गत भदौ ३ मा पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालयले म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
 
फाकफोकथुम गाउँपालिकाका ती किशोरीले आफूहरूलाई कुवेत लैजाने भन्दै काठमाडौं र इटहरीमा बन्धक बनाएको उजुरी दिएका थिए । काठमाडौं चावहिलको एउटा होटलमा १० दिन र इटहरीको अर्को एक घरमा २ दिन बन्धक बनाएको ती किशोरीले बताए । प्रहरीले उनीहरूलाई भदौ ३ मा इटहरीबाट उद्धार गरी घटनामा संलग्न राई र गुरुङलाई सोही दिन पक्राउ गरेको जिल्ला प्रहरीका एसपी विपिन कर्माचार्यले बताए ।
 
Published on: 14 September 2017 | Kantipur

Back to list

;