s

बालिका बेचबिखन गर्न खोजेको आरोपमा एक महिला पक्राउ

२४ मंसिर, गोरखा । मानव सेवा आश्रम गोरखाका दुई बालिकालाई बेचबिखन गर्न खोजेको आरोपमा एक महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा धार्चे गाउँपालिका–७ घर भई हाल गोरखा नगरपालिका–६ बस्ने २७ बर्षीया बिसमाया गुरुङ रहेको प्रहरीले जनाएको छ ।

१६ बर्षीया ती बालिकाहरुलाई काठमाडौं लगेर जागिर लगाइदिन्छु भन्दै फकाएर गुम्बामा लुकाएर राखेको खुलासा भएपछि उनलाई पक्राउ गरिएको प्रहरी निरीक्षक रवीन्द्र अधिकारीले बताए । ‘आश्रम सञ्चालकबाट पनि जाहेरी आयो अनि हामीले ती महिलालाई पक्राउ ग¥यौं’, उनले भने ।

यही मंसिर २० गते विद्यालय गएका ती दुई बालिकाहरु आश्रम नफर्केपछि खोजतलास गर्ने क्रममा गोरखा नगरपालिका–७ सतीपिपल स्थित निर्माणाधिन गुम्बामा लुकीछिपी बसेको अवस्थामा फेला परेका थिए ।

सोधपुछको क्रममा बिसमाया गुरुङले काठमाडौंमा जागिर लगाइदिन्छु भन्दै फकाएर राखेको खुलासा भएपछि आइतवार ती महिलालाई पक्राउ गरिएको प्रहरी निरीक्षक अधिकारीले बताए ।

गुरुङविरुद्ध मानव बेचबिखन तथा ओसारपसार उद्योग कसूर शीर्षकमा मद्दा दर्ता भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Published on: 11 December 2023 | Onlinekhabar

Link

Back to list

;