s

वैदेशिक रोजगार व्यवसायी संघमा ढकाल निर्वाचित

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा विमल ढकाल निर्वाचित भएका छन्। गएराति सम्पन्न मतगणनाअनुसार उनले २३७ मत प्राप्तगरे। उनका निकटतम प्रतिद्वन्द्वी सरोजकुमार पोखरेलले २१३ मतप्राप्त गरे। लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरमका तर्फबाट ढकालले उम्मेदवारी दिएका थिए।

त्यसैगरी सङ्घको प्रथम उपाध्यक्षमा कुमुद खनाल, द्वितीयउपाध्यक्षमा हरिबहादुर पाण्डे क्षेत्री, तृतीय उपाध्यक्षमामुक्तिनाथ अधिकारी, महासचिवमा रोहण गुरुङ, सचिवमा राजेन्द्र भण्डारी रकोषाध्यक्षमा प्रतीमा महर्जन निर्वाचित भएका छन्।

अध्यक्ष, प्रथम उपाध्यक्ष र कोषाध्यक्षमालोकतान्त्रिक समूह विजयी भएको छ भने बाँकी पदाधिकारीमा प्रगतिशील समूहनिर्वाचित भएको छ। रासस


Published on: 4 July 2015 | Nagarik
 

Back to list

;