s

वैदेशिक रोजगार विमाको व्यवस्था गर्न वैदेशिक रोजगार ब्यवसायी संघको माग

सरकारले म्यानपवारको धरौटी बढाउने निर्णयप्रति नेपाल वैदेशिक रोजगार ब्यवसायी संघले त्यसको विरोध गरेको छ। नगद ३ करोड र धरौटी ६ करोड गर्ने सरकारी निणर्यप्रति संघले विरोध जनाउँदै त्यो उचित नहुने तर्क गरेको छ। संघका अध्यक्ष रोहन गुरुङले करोडौं धरौटी बनाउँदा त्यो आर्थिकभार कामदारलाई पनि पर्ने जाने बताए।
 
उनले एकलौटी ढंगले धरौटी बृद्धि गर्ने कारण, स्वार्थ र औचित्य बाहिर ल्याउन सरकारसँग आग्रह गरे। धरौटी बढाउँदा कतिपय व्यवसायीहरु पलालयन नै हुनु पर्ने अवस्था सिर्जना हुन थालेको उनले बताए।
 
म्यानपावरको धरौटी बढाउने विधेयक अहिले संसदमा पेश भएको छ। साथै संघले वैदेशिक रोजगार विमाको ब्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
 
Published on: 3 January 2019 | Setopati

Back to list

;