s

वैदेशिक रोजगारमा रहेका नेपालीलाई आइपिओमा १० प्रतिशत आरक्षण

सरकारले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि धितोपत्रको प्राथमिक निष्काशन (आइपिओ)मा आरक्षणको व्यवस्था गर्ने भएको छ। आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले यस्तो व्यवस्था गरिएको जानकारी दिएका हुन्।

त्यसैगरी, दोस्रो बजारमा गैरआवासीय नेपालीलाई पनि लगानी गर्न बाटो खुल्ला गरिने बजेटमा उल्लेख छ। ‘धितोपत्रको दोस्रो बजारमा गैरआवाशीय नेपालीको लगानी खुल्ला गर्न कानुनी व्यवस्था मिलाइनेछ,' मन्त्री शर्माले भने, 'बैदेशीक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको प्राथमिक निष्काशनमा १० प्रतिशत शेयर आरक्षित गर्ने व्यवस्था गरिएको छ।’

Published on: 29 May 2022 | Naya Patrika

Link

Back to list

;