s

वैदेशिक रोजगारमा रहेका ८० प्रतिशतको स्वदेश फर्किने चाहना

वैदेशिक रोजगारीमा रहेका ८० प्रतिशत श्रमिक तत्काल नेपाल फर्कन इच्छुक देखिएका छन् । महामारीका कारण वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकमा परेको प्रभाव बारे ‘‘नेपाल पोलिसी इन्स्टिच्युट र माइग्रेसन ल्याब” ले गरेको अध्ययनमा यस्तो देखिको हो ।

४६ प्रतिशत श्रमिकलाई स्वदेश फर्किने प्रक्रिया र नीति नियमको बारेमा जानकारी समेत नभएको पाईएको छ ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको वेबीनारमा नेपाल पोलिसी इन्स्टिच्युटकी कार्यकारी बोर्ड सदसय सरु जोशीले श्रमिकहरु नेपाल फर्किएपछि हुने विभेद, हिंसा र तनाबको डरमा रहेको समेत अध्ययनले देखाएको बताईन् ।

अधिकांश श्रमिक अनिश्चित भविष्यको कारण तनाब छन् । विदेश रहेका श्रमिक नेपाल फर्केपछि के गर्ने भन्ने योजना नहुनु र श्रमिकसँग थोरै बचत मात्रै हुनुले पनि श्रमिकहरु तनाब हुने गरेको उनले बताईन् ।

सरकारले श्रमिकहरुलाई विभिन्न खालका योजनाहरु सञ्चालन गरेको छ । तर, ७० प्रतिशत श्रमिक सरकारले सञ्चालन गरेको कार्यक्रम बारे बेखबर रहेको जोशीले बताईन् । २८ प्रतिशतलाई अलिअलि जानकारी भएका र २ प्रतिशत श्रमिकलाई मात्रै पूर्ण जानकारी भएको उनले बताईन् । उनका अनुसार सरकारले आफुखुशी योजना बनाउने र योजनाको बारेमा लक्षित बर्गलाई सूचना प्रवाह गर्न नसक्दा श्रमिकवर्ग लाभान्वित हुन सकिरहेका छैनन्।

Published on: 28 August 2020 | Setopati

Link

Back to list

;