s

वैदेशिक रोजगारमा जानेलाई बैंक खाता अनिवार्य

सोमबारदेखि वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारमा जाने कामदारको लागि बैंक खाता अनिवार्य बनाएको छ । विभागले, श्रम स्वीकृति लिन आउदाँ बैंक खाता खोलेको प्रमाण समेत समावेश गर्नुपर्ने बाध्यकारी नियम बनाएको हो।

‘अब बैंक खाता भएमा मात्रै श्रम स्वीकृती दिइनेछ,’ बैदेशिक रोजगार विभागमा महानिर्देशक भिष्म भुसालले भने । उनले विकट र टाढा बाट आएका जसको खाता खोल्न आवस्यक कागजात नभएमा अवस्थामा भने विभागले सम्झौता गर्न सक्ने बताए । ‘यो निमय लागु भइसक्यो, अब श्रम स्वीकृतीको लागि बैंक खाता अनिवार्य चाहिन्छ,’ उनले भने ।

विभागका अनुसार विदेशिक रोजगारमा जानुपुर्व हुने सबै कारोबार समेत त्यही बैंक खाताबाट भएको हुनुपर्ने छ । रेमिट्यान्सलाई औपचारीक रुपमा नेपाल भित्राउन पनि बैंक खाता अनिवार्य गरिएको महानिर्देशक भुषाल बताउछन् ।

यस्तै बैंक खाता खोल्दा विदेशजाने कामदारलाईनै पनि फाइदाँ हुने विभागले बताउछ । विदेशमा भएको अप्रत्यासित दुर्घटनामा परेर घाइते वा अंगभंग भएमा वा मृत्यु भएमा पनि पिडितले सोही बैंक खाता मार्फत क्षेतिपुर्ति पाउने छ । ‘बैंक खाता भए आर्थिक सहायता पनि छिटो दिन सकिन्छ,’ भुषाले भने । विभागले बैंक खाता हुनुपर्ने बाध्यकारी नियम बनेपछि बैंकहरु भने विभागकै कार्यलयमा पुगेर बैंक खाता खोल्न तयार भएका छन् ।

‘केही बैंकहरुले आज देखि ताहाचलको कार्यलयमा पुगेर १० मिनेटमै खाता खोल्ने तयारी गरेका छन्,’ भुषाले भने, ‘यसले गर्दा कामदारलाई पनि सहज भएको छ ।’

Published on: 4 September 2019 | Setopati

Back to list

;