s

वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थालाई गुणस्तरीयता कायम गर्न निर्देशन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूलाई स्वास्थ्य परीक्षण मापदण्ड कार्यान्वयन गर्न पत्राचार गरेको छ।

स्वास्थ्य परीक्षणको शुल्कअनुसार गुणस्तरीयता कायम गर्न भन्दै मन्त्रालयले पत्राचार गरेको हो।

पत्रमा रगत परीक्षण पूर्णस्वचालित प्रणालीमा आधारित हुने गरी (कम्तीमा २०० टेस्ट प्रतिघण्टा क्षमता भएको) उपकरणबाट गर्नुपर्ने उल्लेख गरिएको छ।

पहिलो चरणमा मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरू र साउदी, बहराइन, ओमान जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने (गाम्का नेपाल)मा आवद्ध स्वास्थ्य संस्थाहरूले मापदण्ड लागू गर्नुपर्ने मन्त्रालयको भनाई छ। त्यसपछि क्रमशः अन्य स्वास्थ्य संस्थाहरूलाई कार्यान्वयन गर्ने मन्त्रालयले उल्लेख गरेको छ।

३५ दिन भित्र विशेषज्ञ समितिबाट अनुगमन हुने मन्त्रालयले जनाएको छ। कार्यान्वयन नभएको पाइएमा कानुनबमोजिम कारबाही गरिने पत्रमा भनिएको छ।

Published on: 17 October 2022 | Setopati

Link

Back to list

;