s

वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित बनाइने

श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले वैदेशिक रोजगारलाई सुरक्षित तथा व्यवस्थित बनाउन मन्त्रालय केन्द्रित रहेको बताएका छन्।

मन्त्रालयद्वारा आज आयोजित ‘वैदेशिक रोजगार व्यवस्थापन सम्बन्धमा पत्रकारसँग छलफल’ कार्यक्रममा उनले सही सूचनाको प्रवाह, ठगी नियन्त्रणलगायतका विषयबाट वैदेशिक रोजगारलाई सुरक्षित तथा व्यवस्थित बनाउन मन्त्रालय केन्द्रित रहेको बताएका हुन्।

“वैदेशिक रोजगारीमा नपठाउनुको विकल्प छैन। यस सम्बन्धमा देखिएका समस्यालाई समाधान गरी व्यवस्थित, सुरक्षित गर्ने विषयमा मन्त्रालय केन्द्रित छ”, उनले भने। सचिव भण्डारीले सूचनाको अभावकै कारणले वैदेशिक रोजगारीमा जाने मानिस ठगिएकाले ठगी नियन्त्रणलाई प्रभावकारी बनाउन विभिन्न सञ्चारमाध्यमबाट प्रचारप्रसार गर्न जरुरी रहेको बताए।

कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दाहालले वैदेशिक रोजगारीलाई व्यवस्थापन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए।

“विभागले वैदेशिक रोजगारीमा नियमनकारीको भूमिका निर्वाह गरिरहेको छ। चेतनाको कमीबाट हुने ठगी र व्यावसायिक ठगीलाई नियन्त्रण गर्न लक्षित वर्गमा सचेतना गराउन जरुरी छ”, उनले भने।

Published on: 10 August 2023 | Nagarik

Link

Back to list

;