s

वैदेशिक रोजगारलाई क्यूआर कोडको खोप कार्ड

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २२ गते । सरकारले रोजगारी, अध्ययन तथा भ्रमणका लागि विदेश जान चाहने नागरिकका लागि क्यूआर कोडसहितको कोरोनाको विद्युतीय खोप कार्ड जारी गर्न थालेको छ । खोप प्रमाणीकरणका लागि घण्टौँसम्म लाइन बस्दासमेत पालो नआएको भन्दै सेवाग्राहीले आन्दोलन गर्न थालेपछि सरकारले बुुधबारदेखि क्यूआर कोडसहितको कोरोनाको विद्युतीय खोप कार्ड जारी गर्न सुुरु गरेको हो ।

राष्ट्रिय स्वास्थ्य सूचना तथा खोप केन्द्रका अनुसार विदेश जानेहरूले अनलाइन पोस्ट रजिस्ट्रेसन गरी आवश्यक विवरण तथा कागजात ‘अपलोड’ गर्नुपर्ने हुन्छ । अनलाइन पोस्ट रजिस्ट्रेसन गर्न असमर्थ भएकाले २०७८ साउन २१ देखि (बिहान १० बजेदेखि साँझ ५ बजेसम्म शनिबारसमेत) राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा उपस्थित भएर यो कार्ड लिन सकिने जनाइएको छ ।

अनलाइनबाट भर्नेले कबुलियतनामा फाराम भर्ने स्थानमा गएर कबुलियतनामा कागजात डाउनलोड गर्न सकिनेछ । यसैगरी तीन दिनभित्र विदेश जान चाहनेका लागि थप कागजात आवश्यक पर्ने व्यवस्था गरिएको छ । जसमा भिसा र टिकटको प्रतिलिपि चाहिने उल्लेख छ ।

खोेप केन्द्रका वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक झाले अनलाइनबाटै क्यूआर कोडसहितको खोपको विद्युुतीय कार्ड दिने व्यवस्था हुँदाहुँदै पनि लाइनमा बसेर भीड लाग्ने क्रम भने नरोकिएको बताउनुुभयो । उहाँले भन्नुुभयो, “खोप केन्द्रमा हामीले टोकन सिस्टम लागू गरेका छौँ तर टोकन लिएकाहरूमा पनि पाइँदैन कि भन्दै लाइनमै बस्नुहुन्छ त्यसैले पनि भीडभाड भएको छ । ”

झाका अनुसार त्यसका लागि सक्कल राहदानी, सक्कल खोप कार्ड, हालसालै खिचिएको पासपोर्ट साइजको फोटो, राहदानीको फोटोकपी, खोप कार्डको फोटोकपी र कबुलियतनामा आवश्यक पर्छ ।

खोप केन्द्रका अनलाइन वा खोप केन्द्रमा पुगेर खोप कार्ड प्रमाणित गर्नेको सङ्ख्या एक हजार ७५० रहेको छ । वरिष्ठ जनस्वास्थ्य अधिकृत झाले आज वा भोलि बिहान टिकट भएकालाई भने रातिसम्म गरेर पनि प्रमाणित गर्ने जानकारी दिनुभयो । यसका लागि सम्बन्धित व्यक्तिसँग साथमा टिकट भने हुनुपर्ने उहाँको भनाइ छ ।

Published on: 6 August 2021 | Gorkhapatra

Link

Back to list

;