s

वैदेशिक रोजगारलाई सुरक्षीत बनाउन आग्रह

गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व क्षेत्रीय  छैठौँ  बैठकले  वैदेशिक रोजगारलाई सुरक्षीत, व्यवस्थित र मर्यादित वनाउनको लागि १६ बुँदे दुबई घोषणापत्र जारी गरेको छ। शुक्रवार युएईको दुबईमा सम्पन्न क्षेत्रीय बैठकमा प्रमुख आतिथिको रुपमा  नेपाल सरकारको प्रतिनिधित्व गर्दै  खानेपानी मन्त्री विना मगर पुगेकी थिइन्।

बैठकले नेपाल सरकारले लागु गरेको शुन्य लागतमा कामदारलाई बैदेशीक रोजगारमा पठाउने नीतिलाई प्रभावकारी रुपमा कार्यन्वयनका लागि सम्बन्धित मुलुकसंग यथाशिघ्र श्रम सम्झौता गर्न आग्रह गरेको छ। नेपाली कामदारलाई दक्ष  बनाई र गन्तब्य देशबारे आवश्यक अभिमुखीकरण तालिम दिएर मात्रै पठाउने ब्यबस्था गर्न समेत भनिएको छ।

नेपाली कामदारलाई नेपाली दूतावासबाटै पुनः श्रम स्वीकृति दिने ब्यबस्था यथासिघ्र कार्यान्वयनमा ल्याउनको लागि पराराष्ट र श्रम रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयलाई अनुरोध गरिएको छ।

वैदेशिक रोजगारबाट फर्किएका महिलाहरुलाई देशमै पुर्नस्थापनाको लागि प्रशिक्षण तथा रोजगारीको कार्यक्रम देशव्यापी रुपमा सञ्चालन गर्न नेपाल सरकारलाई अनुरोध गरिएको छ।

वैदेशिक रोजगारीको नाममा वैदेशिक रोजगार ऐन विपरीत भिजिट भिसा र कथित आजाद भिसाको नाममा कारोवार गर्ने र कामदारलाई अलपत्र बनाउने संलग्न कम्पनी वा ब्यक्तिलाई सम्बन्धीत कानुन बमोजिम कारबाही गर्न भनिएको छ।

विदेशमा रहेका नेपाली नागरिकहरुलाई मताधिकार दिन सर्वोच्च अदालतको आदेशलाई कार्यान्वयन गर्न सरकारलाई अनुरोध गरिएको छ।

Published on: 25 August 2018 | Nagarik

Back to list

;