s

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओमा संरक्षण

काठमाडौँ — सरकारले वैदेशिक रोजगारीमा गएका नेपालीलाई धितोपत्रको सार्वजनिक निष्कासन (आईपीओ) मा आरक्षणको व्यवस्था गरेको छ । आगामी वर्षको बजेट वक्तव्यमार्फत अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेक हुन् ।

वैधानिक प्रणालीबाट धेरैभन्दा धेरै रेमिट्यान्स भित्र्याउनका लागि भन्दै सरकारले यस्तो तयारी गरेको हो । वैदेशिक रोजगारीमा गएका नेपालीबाट रेमिट्यान्स आप्रवाह औपचारिक माध्ययमार्फत आउनका लागि विभिन्न प्रोत्साहनको व्यवस्था गरी सुधार ल्याउन आवश्यक भएको सुझाव नेपाल धितोपत्र बोर्डले दिएको थियो ।

यसरी वैदेशिक रोजगारीमा रहेका नेपालीलाई धितोपत्र बजारमा लगानीको अवसर प्राप्त हुँदा देशको आर्थिक गतिविधिहरूमा उनीहरूको सहभागिता बढ्ने बोर्डको दाबी छ । यस्तै, विदेशमा रहेका गैरआवासीय नेपालीले नेपालको दोस्रो बजारमा लगानी गर्न पाउने व्यवस्था पनि सरकारले गरेको छ ।

Published on: 29 May 2022 | Kantipur

Link

Back to list

;