s

वैदेशिक रोजगारीमा पठाउने भन्दै २ करोड ठगी आरोपी एक पक्राउ

वैदेशिक रोजगारीमा उत्तरी अफ्रिकी मुलुक माल्टा र कुवेत पठाउने भन्दै ६० जनाभन्दा बढीसँग २ करोड ठगेर भागेका बावुराम श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

सुन्धाराको सिटीसी मलमा ग्लोरीयस वेलनेस प्रालि संचालन गर्ने अर्घाखाँची घर भएका श्रेष्ठले विदेश पठाइदिने भनेर पैसा ठगेर भागेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई नेपालगंजबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले श्रेष्ठलाई पक्राउ गरी काठमाडौं ल्याउन थालिएको बताए ।

श्रेष्ठले माल्टा पठाउने भन्दै २६ जनासँग जनही ६ लाख र कुवेत पठाउने भन्दै ३४ जनासँग जनही ३ लाख लिएर फरार भएको उजुरी आएकाे बाेगटीले जानकारी दिए ।श्रेष्ठसँग ठगीएकाहरु उजुरी दिन आउने क्रम जारी रहेकाले ठगिएकाको संख्या र रकम समेत बढन सक्ने बोगटीले बताए ।

Published on: 8 March 2020 | Naya Patrika

Link

Back to list

;