s

वैदेशिक रोजगारीमा जानेको संख्यामा कमि, रेमिट्यान्समा वृद्धि

काठमाडौं : आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा रेमिट्यान्स आयातमा वृद्धि भएको छ। यस अविधिमा ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको हो।

आर्थिक वर्ष २०८०/८१ को बजेटकोअर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भएको हो। समीक्षा अवधिमा खुद ट्रान्सफर २४ प्रतिशतले वृद्धि भई ७ खर्ब ९९ अर्ब ५१ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २२.७ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या २४.६ प्रतिशतले कमी आई २ लाख ७ हजार ९ सय ७० कायम भएको छ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ५ प्रतिशतले कमी भई १ लाख ३५ हजार ४ सय ३५ पुगेको प्रतिवेदमा उल्लेख छ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.५ प्रतिशतले बढेको थियो। यसरी वैदेशिक रोजगारीमा जानेको संख्या अघिल्लो वर्षको ६ महिनाको तुलनामा १७.९ प्रतिशतले घटेको छ।

Published on: 13 February 2024 | Annapurna Post

Link

Back to list

;