s

वैदेशिक रोजगारीमा जानेको संख्या घट्दा पनि ३३ प्रतिशतले बढ्यो रेमिट्यान्स !

एक महिनामा करिब ७४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउन महिनामा ७३ अर्ब ९५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको हो ।

राष्ट्र बैंकका अनुसार समिक्षा अवधिमा विप्रेषण आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ११.८ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।

Published on: 29 September 2018 | Onlinekhabar

Back to list

;