s

वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्दा ठूलो राहत : चन्द्र ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वैदेशिक रोजगारीमा गएका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउँदा श्रमिक र तिनका परिवारलाई ठूलो राहत पुग्ने बताएका छन् ।

बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको सामाजिक सुरक्षा योजनाको शुभारम्भ समारोहमा उनले यस्तो बताएका हुन्। ‘वैदेशिक रोजगारमा रहेकाहरूले नेपालमा वार्षिक लगभग एक खर्ब रेमिट्यान्स पठाउने गरेका छन् । रगत–पसिना बगाएर कमाएर पठाएको रेमिट्यान्सले देश चलायमान भएकाले उनीहरूका लागि सरकारले यस्ता योजना आगामी दिनमा पनि ल्याउनुपर्छ,’ उनले भने ।

वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले रेमिट्यान्स आउँदा मात्र खुसी हुने सरकारले धेरैपछि वैदेशिक रोजगारदाताका लागि अवश्यक रहेको सामाजिक सुरक्षाको दायित्व पूरा गरेको उल्लेख गरे ।

‘वैदेशिक रोजगारमा रहेका रोजगारदातालाई ती देशहरूले सामाजिक सुरक्षा कोषको सुविधा नदिएको अवस्थामा सरकारले यो ठूलो कामको सुरुवात गरेको छ,’ उनले भने, ‘सरकारले श्रमिकहरूको सुरक्षाका लागि काम गर्न सुरुवात गरेको छ ।’

Published on: 23 March 2023 | Naya Patrika

Link

Back to list

;