s

वैदैशिक रोजगारीमा दैनिक १५ लाख ठगी

जनकराज सापकोटा
 
दलाललाई ३५ हजार रुपैयाँ अग्रिम र भिषा आएपछि थप पाँच लाख बुझाउने सर्तमा ढुक्क अर्घाखाँची सन्धीखर्कका विष्णुबहादुर बस्नेत त्यतिबेला मात्रै चकित परे । जब दलालले अनलाईनमार्फत पठाएको भिषा काठमाडौंस्थित रसियन दुतावासमा गएर देखाउंदा नक्कली भएको प्रमाणित भयो ।
 
हेटौडाका २२ बर्षिय दलाल विजय थापा चंगुलमा परेर ३५ हजार रुपियाँ गुमाउनेमा बस्नेत संगै अन्य तीन जना पनि थिए । नक्कली भिषा देखाएर ठगी गरेको आरोपमा १३ वैशाखमा महानगरिय अपराध महाशाखामा परेको उजुरीपछि यो मुद्दा काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ । वैदेशिक रोजगारीको चंगुलमा पर्ने विष्णुबहादुर न एक्ला पात्र हुन् न यस्ता घटनाको लहरो यतिमै सीमित छ । ‘झण्डै ठगको चंगुलमा परेर घर न घाटको भइएन,’ बस्नेतले भने ।
 
रसियाको एक होटलमा वेटर काममा लगाईदिने र मासिक आठ सय डलर तलब दिलाईदिने आशाको पाशोमा विष्णुबहादुर र साथीहरु परेका थिए ।
 
महानगरिय प्रहरी अपराध महाशाखा, वैदेशिक रोजगार विभाग र वैदेशिक रोजगार न्यायधिकरणको कार्यालयमा न्यायका निम्ती परेको उजुरीहरुको उक्लिदो ग्राफ र त्यसरी ठगीनेहरुको दावी गरेको विगो रकमलाई हेर्दा बैदेशिक रोजगारीमा हुने ठगी कसरी वढदैछ भनेर देखाउंछ । महाशाखामा चालु आर्थिक वर्षका साढे नौ महिनामा मात्रै दुई सय तीन जनाले १ सय ४८ वटा उजुरी दर्ता गरेका थिए । जसमा पीडितहरुले १२ करोड १८ लाख ४० हजार १९५ रुपियाँ ठगिएको उल्लेख छ । महाशाखामा दर्ता हुने अधिंकाश उजुरीहरु व्यक्तीगत तवरबाट हुने ठगीका घटनाहरुसंग सम्बन्धित छ । ‘विदेश पठाईदिने र मनग्गे पैसा कमाउन सकिने आशाको पासो थापेर बसेका ठगहरुको जती विगविगी छ उति नै त्यसमा फस्नेहरुको संख्या पनि,’ महाशाखाका प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले भने ।
 
वैदेशिक रोजगार विभागमा मात्रै चालु आर्थिक वर्षको चैत मसान्तसम्म ४२ करोड ३३ लाख ६४ हजार ४ सय ३७ रुपियाँको दावी सहित १४ सय ५५ वटा उजुरी परेका छन । अर्थात् औसतमा प्रत्येक दिन १५ लाख रुपियाँ भन्दा धेरै वैदशिक रोजगारीमा ठगीका घटना हुने गरेका छन् । यसमध्ये ३ सय ९६ वटा व्यक्तीगत र १ हजार ५९ वटा संस्थागत मुद्धाहरु छन् । जसमध्ये १ सय ६२ वटा मुद्धा वैदेशिक रोजगार न्यायधिकरणमा पठाइएको थियो । विभागको क्षेत्राधिकारबाट निरुपण हुन नसकेको वैदेशिक रोजगारीसंग समबन्धित मुद्धा न्याययिक प्रक्रियाका निम्ती वैदेशिक रोजगार न्यायधिकरणको कार्यालयमा पठाईने प्रचलन छ । महाशाखा र विभागमा गरेर यो अवधीमा कुल १ हजार ६ सय ३ उजुरी परेको देखिन्छ । अर्थात औसतमा प्रत्येक दिन वैदेशिक रोजगारीमा हुने ठगीका उजुरु ६ वटा पर्छन ।
‘प्रत्येक वर्ष वैदेशिक रोजगारीमा हुने ठगीका घटनासंग सम्बन्धित मुद्धाहरुको संख्या घटन सकेको छैन,’ वैदेशिक रोजगार न्यायाधिकरणको कार्यालयका रजिष्टार उदयराज पौडेलले भने । कार्यालयमा चालु आर्थिक वर्षका ९ महिनामा मात्रै १ सय ६३ नयां मुद्धामाथी न्यायिक प्रक्रिया थालीरहेको छ । जसमा १३ करोड २९ लाख रुपियाँ बराबरको विगो उजुरी परेको छ । कार्यालयमा अघिल्लो वर्षका २०६ यस्तै मुद्धाहरु पनि न्यायिक प्रक्रियामा छन् । जटिल कानूनी प्रक्रिया र पीडितमैत्री कानूनको अभावमा वैदेशिक रोजगारी सम्बन्धी ठगीका घटनाहरु बढेको रजिष्टार पौडलले बताए । ‘संस्थागत ठगीका मुद्धामा पीडितलाई न्याय दिलाउंन सहज भएपनि व्यक्तीगत ठगीका मुद्धा जटिल हुन्छ,’ उनले भने ।
 
विभाग र महानगरिय प्रहरी अपराध महाशाखामा गरेर चालु आथिक वर्षका नौ महिनामा मात्रै कुल ५४ करोड ५१ लाख ४० हजार ६ सय ३२ रुपियाँ बराबरको ठगी भएको देखिन्छ । महाशाखा र विभागमा परेका उजुरीहरुको तुलनात्मक अध्ययन गर्दा प्रत्येक वर्ष वैदेशिक रोजगारीमा हुने ठगीका घटनामा संख्यात्मक वढोत्तरी भएको देखिन्छ ।
 
महाशाखाका प्रहरी नायव उपरिक्षक चन्द प्रत्येक दिन अनौठा र नामै नसुनेका देशमा पुग्ने प्रलोभनमा भएका ठगीका उजुरीहरु आफुकहां आउने गरेको बताउंछन । ‘करिब असी प्रतिशत व्यक्तीगत ठगीका मुद्धाहरु छन्,’ उनले भने । वैदेशिक रोजगार विभागका प्रवक्ता जनकराज रेग्मी ठगीका घटनाको संख्यात्मक वृद्धीलाई अनौठो मान्दैनन । रेग्मीका अनुसार गाउघरमा हुने आर्थिक लेनदेनलाई पनि वैदेशिक रोजगारीमा हुने ठगीका रुपमा उजरी गर्ने चलन वढेको छ ।
 
‘वैदेशिक रोजगार विभाग पुगे छिटो न्याय पाईन्छ भन्ने आशमा यस्तो प्रवृत्ती बढेको हो,’ रेग्मीको तर्क छ ।
 
वैदेशिक रोजगारीको क्षेत्रमा अध्ययन अनुसन्धान गर्दै आएका डा गणेश गुरुङ न्याय प्रणालीमा विद्यमान कमजोरीका कारण ठगीका घटनाहरु वढीरहेको तर्क गर्छन । ‘ठगीका घटनामा दण्ड र जरिवाना गर्ने कमजोर संयन्त्र कमजोर भएकै कारण घटनामा वढोत्तरी भएको हो,’ उनको बुझाई छ, ‘कार्वाहीबाट सजिलै उम्किन सकिने मानसिकताले वैदेशिक रोजगारी ठगी खानेहरुका निम्ती गतिलो पेशा बनेको छ ।’
 
Published on: 2 May 2016 | Kantipur

Back to list

;