s

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने ४० जना पक्राउ

वैदेशिक रोजगारीका लागि  मलेशियामा जाने नेपाली कामदारबाट ठगी गर्ने ४० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
 
प्रहरीले सरकारकाे सहमति र स्वीकृति नलिई स्वास्थ्य परिक्षण,मिग्राम र वान स्टेप सेन्टर,भिसा प्रोसेसिङ लगायतको नाममा बिना अनुमति ठगी गरेको आरोपमा ३४ वटा स्वास्थ्य संस्थाका ४० जनालाई नियन्त्रणमा लिएको हो ।
 
महानगरिय प्रहरी परिसर काठमाडौंले उनीहरुलाई सोमबार अदातलबाट म्याद थप गरी थप कारवाही प्रक्रिया अगाडि बढाएको छ । प्रहरीले काठमाडौं र ललितपुरबाट उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।
 
Published on: 21 May 2018 | Kantipur

Back to list

;