s

वैदिशक रोजगारीका नाममा बेचबिखन गरेको आरोपमा एक पक्राउ

काठमाडौं : मानव बेचबिखन ब्यूरोले वैदेशिक रोजगारीको बहानामा कुवेत लान्छु भनेर श्रीलंका पुर्याउने एकजनालाई पक्राउ गरेको छ ।

एक रुपैयाँ पनि खर्च हुँदैन भन्दै २०७६ सालमा राहदानीसमेत आफ्नै खर्चमा बनाएर कुवेत लान्छु भन्दै श्रीलंका पुर्याएको आरोपमा प्रहरीले बर्दिया बढैयाताल गाउँपालिका ३ घर भई पर्वतको कुस्मा बस्ने ३६ वर्षीय खेमबहादुर सुवेदीलाई आइतबार पक्राउ गरेको हो ।

ब्यूरोका अनुसार अभियुक्त सुवेदीले नेपालको एयरपोर्टबाट जान नमिल्ने भन्दै भारतको बाटो हुँदै पीडितलाई श्रीलंका पुर्याएका थिए ।

नेपाली राजदूतावास र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सहयोगमा १० महिनादेखि श्रीलंकाको जेलमा रहेकी नेपाली चेलीको उद्धार भएको थियो । उद्धारपछि पीडितले दिएको जाहेरीका आधारमा ब्यूरोले सुवेदीलाई पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला अदालतले अनुसन्धानका लागि थप सात दिनको म्याद दिएपछि प्रहरीले सुवेदीविरुद्ध माानव बेचविखन तथा ओसारपसार नियन्त्रण ऐन अनुसार अनुसन्धान अगाडि बढाएको छ ।

Published on: 15 February 2021 | Annapurna Post

Link

Back to list

;