s

वैदेशिक रोजगारीका नाममा ८० लाख ठगी, दुईजना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारका लागि स्लोभाकिया र संयुक्त राज्य अमेरिका पठाइदिने भन्दै ८० लाख ठगी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रुकुमपूर्व पुथाउत्तरगङ्गा गाउँपालिका-११ घर भई हाल काठमाडौं तारकेश्वर नगरपालिका-१० बस्ने सन्ध्या लामा बुढामगर र म्याग्दी मङगला गाउँपालिका-२ घर भई हाल ललितपुर महानगरपालिका नखिपोट बस्ने उदिमबहादुर पुन रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए

प्रवक्ता रेग्मीका अनुसार उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको र आवश्यक कारबाहीका लागि बैदेशिक रोजगार विभाग पठाएको छ।
उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

Published on: 2 May 2024 | Annapurna Post

Link

Back to list

;